सुनचाँदीको मूल्य अहिलेसम्मकै महँगो

आइतबार, २५ जेठ २०७७, १५ : ४०
सुनचाँदीको मूल्य अहिलेसम्मकै महँगो

काठमाडौं । झन्डै तीन महिनापछि नेपालमा तोकिएको सुनचाँदीको मुल्य अहिलेसम्मकै महँगो दरको छ । लकडाउन लागू भएपछि ११ चैतपछि सुनचाँदीको मुल्य तोकिएको थिएन । आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरणअनुसार  सुन फाइन गुणस्तरको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ ।

१० चैतमा ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो । यसअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढिरहेको थियो । चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढेको छ । 

चाँदीको आजको मुल्य ९२५ रुपैयाँ छ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय ८४ अमेरिकी डलर आसपास छ । साढे २ महिनाअघि प्रतिऔंस १ हजार ४८४ अमेरिकी डलर आसपास थियो ।