ग्रान्ड देखि पार्क भिलेजमा ‘होटल क्वारेन्टाइन’ बस्न पाइने (सूचि सहित)

सफल खबर संवाददाता

आइतबार, २५ जेठ २०७७, ०८ : ४४

काठमाडौं । सरकारले भारत लगायत तेश्रो मुलुकमा रहेका आफना नागरिकलाई स्वदेश ल्याउने काम औपचारिक रुपमा शुरु गरेको छ । नेपाली सेनालाई परिचालन गरेर सरकारले विदेशवाट आएका नागरिकहरुको एयरपोर्ट देखि होल्डिङ स्पट र त्यसपछिको क्वारेन्टाइनसम्मको ब्यवस्थापनमा सरकारले तयारी गरेको छ ।

तर क्वारेन्टाइन ब स्दा आफैले खर्च गर्ने हरुका लागि भने सरकारले होटलमा पनि ब स्न दिने निर्णय गरेसागै काठमाडौं जिल्ल प्रशासन कार्यलयले उपत्यका भित्रका विभिन्न  होटल तथा रेष्टुराहरुमा क्वारेन्टाइन बस्न मिल्ने गरी ब्यवस्था गरेको छ ।

जिल्ला प्रशासन कार्यलयको निर्देशनमा होटल एसोसिएसन नेपालले होटलहरुको ब्यवस्थापन गरेको छ । यस्ता होटलहरुमा चार तारे होटलदेखि डिलक्र्स रिसोर्ट सम्मका ४७ ओटा होटलको नाम, वेड संख्या, सम्र्पक ब्यीक्त लगायतको नाम र नम्वर सहितको विवरण होटल एसोसिएसन नेपालले् सार्वजनिक गरेको छ । कुन मा कति मूल्य मा कोठाहरु उपलब्ध हुने विवरण सार्वजनिक नगरिएपनि अन्य जानकारी सार्वजनिक गरिएको छ ।

यस्ता होटलहरुमा चार तारे होटल ग्रान्ड देखि तिन तारे एयरपोर्ट होटल, वैशाली, मस्र्याङदी, समिट लगायत छन् । त्यस्तै पार्क भिलेज रिर्साट सम्मलाई पनि क्वारेन्टाइनका रुपमा ब्यवस्थापन गर्न सकिने गरी नाम सार्वजनिक भएको छ ।

यस्ता छन् शुल्क तिरेर क्वारेन्टाइन बस्न पाउने होटेलको सूचि

प्रतिक्रिया दिनुहोस