कञ्चनपुर । बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।
भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका ४२ थान साइकलसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउनुभयो । चोरी गरिएका साइकल काठमाडौँबाट ल्याएका हौँ भनी भीमदत्तनगर बजार क्षेत्रका मझगाँउ, भासी, सिसैया, विचपुरीलगायतका गाउँमा बेच्दै आएका चार जनालाई साइकलसहित पक्राउ गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार साइकल चोरीमा संलग्न जितेन्द्र बम, रोशन दमाइ, सन्तोष ओखेडा र नवीन कार्की रहेका छन् । पक्राउ परेका चारै जना भीमदत्त नगरपालिका–१८ बागवाणीका बासिन्दा रहेका छन् ।
यसैगरी कञ्चनपुरमा विभिन्न समयमा विद्युतीय पानी मोटर चोरी गर्ने, विद्यालयमा चोरी गर्ने, खोका पसलमा चोरी गर्ने तथा ब्रोइलर कुखुरा चोरीमा संलग्न २० जनालाई विभिन्न मितिमा पक्राउ गरी गरिएको उहाँको भनाइ छ । चोरी कार्यमा संलग्न भएका पक्राउ परेका सबै जनालाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र कैलालीको लम्कीचुहा नगरपालिकालगायत क्षेत्रका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २४ जेठ २०७७, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्तिपुरको चोभार स्वास्थ्य चौकीबाट ३ सेट कम्प्युटर र प्रिन्टर चोरी
नैकाप क्षेत्रमा शृङ्खलाबद्ध चोरी
मुस्ताङका १०३ च्यांग्रा चोरी गरी चितवन ल्याई बिक्री गरेको आरोपमा एक जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ
पार्किङ गरिराखेको स्कुटरबाट २ लाख ४० हजार रुपैयाँ चोरी