बुटवल । रुपन्देहीको देवदहस्थित कोलिय देवदह बचत तथा सहकारी संस्थाको घोडाहा सेवा केन्द्रमा चोरी भएको छ।सहकारीको झ्याल तोडेर कार्यालय प्रवेश गरी गएराति ८ लाख ४३ हजार रुपैयाँ नगद चोरी भएको सहकारीका मुख्य व्यवस्थापक विनोद पराजुलीले बताए । सहकारीको सीसीटीभीको हार्डडिस्क गायब भएको छ ।
देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक एकबहादुर नेपालीले सहकारीको भल्ट नै फोडेर नगद चोरी विषयमा अनुसन्धान सुरु गरेको बताए । उनले केही व्यक्तिको लोकेसन र कल रेकर्ड समेत अध्ययन गरिरहेको खुलाए। केही महिना अगाडि देवदह दुग्ध उत्पादन सहकारी संस्थामा पनि चोरी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ चैत्र २०८१, ११ : २७
लेखकबाट थप