आक्रमणको विरोधमा चितवनका चिकित्सक आन्दोलित

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०७७, २१ : ०९
आक्रमणको विरोधमा चितवनका चिकित्सक आन्दोलित

 चितवन । चिकित्सकमाथि भएको आक्रमणको विरोधका चितवनका चिकित्सकहरु पनि आन्दोलित भएका छन् । 

नेपाल मेडिकल कलेज जोरपाटीमा केही दिन पहिले एक बिरामीको मृत्यु भएपछि आफन्तले चिकित्सकमाथि भौतिक आक्रमण भएको थियो ।  सो घटनाको विरोधमा चितवनका चिकित्सकहरुले बुधबार बिहान ११ बजे एकै समयमा चितवनका मुख्य अस्पतालमा शान्तिपूर्ण विरोध गरेका हुन् । 

चितवन जुनियर डाक्टर कमिटी , नेपाल राष्ट्रिय चिकित्सक संघका प्रतिनिधि तथा अध्यनरत चिकित्सकहरुको  विरोधस्वरुपको धर्नामा सहभागिता रहेको थियो ।  डाक्टर निर्देश पोख्रेल, डाक्टर पल्लबराज पौडेल, डाक्टर सुजन न्यौपाने, डाक्टर रुबिन श्रेष्ठ , डाक्टर सुलभ सुवेदी र आविष्किचर चापागाईंको नेतृत्वमा भएको धर्नामा चिकित्सकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस