लकडाउनको स्वरुप परिवर्तन गर्ने बालुवाटारमा प्रधानमन्त्री र विज्ञहरुबीच छलफल चल्दै

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०७७, १७ : ५४
लकडाउनको स्वरुप परिवर्तन गर्ने  बालुवाटारमा प्रधानमन्त्री र विज्ञहरुबीच छलफल चल्दै

काठमाडौं । सरकारले विगत ७२ दिनदेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । पछिल्लो दिनमा सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्नेगरी छलफललाई तिव्रता दिँदै आएको छ । 

यसैक्रममा बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेका छन् । कोरोना भाइरस संक्रमण रोक्न सरकारले अपनाएको लकडाउनको नीति खुकुलो पार्न दवाव परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सरकोकारवालासँग परामर्श गरिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस