पर्सामा थप ६ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०७७, १२ : २२
पर्सामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं । पर्सामा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कालिकामाई  गाउँपालिकाका ४ जना र सखुवा प्रसौनी गाउँपालिकाका २ जनाका गरी ६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए । 

संक्रमितमा कालिकामाई गाउँपालिकाका ४२, १५, ४५ र ३० वर्षका ४ जना पुरूषहरू रहेका छन् भने सखुवा प्रसौनी गाउँपालिकाका २५ र ४९ वर्षका २ जना परूष रहेको उपाध्यायले जानकारी दिए ।

नारायणी अस्पतालमा उनीहरुको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि एको हो । उनीहरुलाई नारायणी अस्पतालको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस