बिजेपी नेताले भने– भारतीय कुटनीतिज्ञले नेपाली समकक्षीसँग मीठो भाषा प्रयोग गरुन्

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०७७, १७ : २२
बिजेपी नेताले भने– भारतीय कुटनीतिज्ञले नेपाली समकक्षीसँग मीठो भाषा प्रयोग गरुन्

काठमाडौं । भारतीय जनता पार्टीका सांसद तथा पूर्वमन्त्री सुब्रमण्यम स्वामीले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना विदेश मन्त्रालयका कूटनीतिज्ञलाई नेपाली समकक्षीसँग मीठो भाषा प्रयोग गर्न भन्‍नुपर्ने बताएका छन् ।

उनले शुक्रबार ट्विटमार्फत् नेपालीसँग रगतको सम्बन्ध भएको उल्लेख गर्दै भनेका छन्, ूयदि नेपालीहरु एक्लो महसुस गर्छन् भने हामीले त्यसलाई चिन्‍न र उनीहरुको भावनालाई सम्बोधन गर्नुपर्छ ।

पछिल्लो समय नेपाल(भारतबीच सीमाको विषयमा विवाद सिर्जना भएको छ । यसअघि ३ नोभेम्बर २०१९ मा भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि सीमा विवाद चुलिएको थियो । 

प्रतिक्रिया दिनुहोस