काठमाडौं । सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उक्त आकारको बजेटको घोषणा गरेका हुन् ।
उक्त बजेटमध्ये चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैंया, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैंया तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ८९ करोड रुपैंया बजेट विनियोजन भएको छ । चालु, पुँजीगत र वित्तीय व्यवस्था अन्तर्गतको यो बजेट कुल बजेट खर्चको क्रमशः ६०.५० प्रतिशत, २६.६ प्रतिशत र ११.७ प्रतिशत हो ।
उक्त बजेटको लागि राजश्वबाट ९ खर्ब ४८ अर्ब ६२ करोड, वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैंया स्रोत जुट्ने अनुमान गरिएको छ ।
आगामी वर्षको बजेट चालू आर्थिक वर्षमा भन्दा ५८ अर्बले घटेको छ । चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयद्वारा नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत
ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’
गोरखाका स्थानीय तहमा ७ अर्बको बजेट, छैन आन्तरिक आम्दानी
लुम्बिनी प्रदेशकाे बजेट आज पास गर्ने तयारी