प्रधानमन्त्री ओलीको प्रस्तावमा काँग्रेसले किन माग्यो समय ?

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०७७, ०८ : ४०
प्रधानमन्त्री ओलीको प्रस्तावमा काँग्रेसले किन माग्यो समय ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संविधानको निशान छाप संसोधनमा खोजेको सर्वसम्मतिमा प्रमुख प्रतिपक्षी काँग्रेसले समय माग गरेको छ ।  देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा काँग्रेसले असहमति त जनाएको छैन, तर संसदमा दर्ता गराएको संविधान संसोधनको प्रस्तावमा पार्टी बैठक बसेर औपचारिक निर्णय लिने काँग्रेसले जनाएको छ । 

प्रधानमन्त्री केपी ओलीले आजबाट संसदको कार्यसूचिभित्र प्रवेश पाउन लागेको संविधान संसोधन प्रस्तावमा  सर्वसहमती जुटाउन हिजो मंगलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए । बैठकको शुरुआत गर्दै ओलीले ‘राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा सिंगो राष्ट्र विगतमा पनि एकताबद्ध भएको स्मरण गर्दै अहिले पनि देशको नक्सा संविधानको अनुसूचिमा संसोधन गर्ने विषयमा एकताबद्ध भएर संसोधनको पक्षमा रहनु पर्ने प्रस्ताव गरेका थिए ।  

तर ओलीको त्यस्तो प्रस्तावमा काँग्रेसले समर्थन त जनाएको छ तर त्यसको निर्णय केन्द्रीय समितिको बैठक बसेर मात्र गर्ने धारणा राखेर बाहिरिएको छ । मधेस केन्द्रीत दलले आफना एजेण्डा पनि संविधान संसोधनमा जोडेर ल्याउनुपर्ने धारणा राखेर बाहिरिएको छ । 

किन माग्यो काँग्रेसले सहमति ?
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मको भूभाग समेटेर नेपालको राजनीतिक र प्रशासनिक नक्सा जेठ ५ को मन्त्रिपरिषद्ले स्वीकृत गर्ने निर्णय ग¥यो । ७ गते त्यसलाई भूमि सुधार मन्त्री पद्मा अर्यालले सार्वजनिक गरिन् । त्यसपछि संविधानको अनूसचिमा रहेको निशान छाप संसोधनका लागि सरकारले ९ जेठमा संसदमा संविधान संसोधन विधेयक दर्ता गरेको हो ।

यो विधेयक दर्ता भएपछि मधेस केन्द्रीत दल जनता समाजवादीले सरकारलाई आफना एजेण्डामा पनि संविधान संसोधनको दबाब बढाउन काँग्रेसले साथ दिनु पर्ने भन्दै प्रमुख प्रतिपक्षी दलका नेता सभापति शेरबहादुर देउवाको निवासमा पुगेका थिए । काँग्रेस अहिले संसदमा सरकारका विरुद्दको प्रतिपक्षी मोर्चा बनाएर लड्नका लागि जनता समाजवादीलाई साथै लिएर हिड्न चाहिरहेको छ । त्यसमाथी राष्ट्रिय अन्तराष्ट्रिय दबाब पनि काँग्रेसमाथी छ ।  स्यवं नक्सा निशान छापमा समेटेर संविधान संसोधन नगर्न प्रधानमन्त्री ओलीमाथी पनि निक्कै दबाब छ । ओली समेत यो अडानमा टिक्न सक्छन् सक्दैनन् ?

यो उनका लागि पनि अग्नि परिक्षा बनिरहेका बेला काँग्रेसले मंगलबारको सर्वदलीय बैठकमा केन्द्रीय समितिको बैठकबाट निर्णय दिऔंला भनेर प्रधानमन्त्रीलाई आश्वासन मात्र दिएर फर्केको छ । अब काँग्रेसले त्यसो हो भने केन्द्रीय समितिको बैठक कहिले राख्छ ? मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले काँग्रेस सभापतिसँग यो प्रश्न पनि गरेका थिए  । ‘ठीक छ, तपाईहरुले अब बैठक कहिले राख्नुहुन्छ ? कोभिड १९ का कारण संसद बैठक लामोसमय चलाउन सक्ने अवस्था छैन् ।

संसदमा फाष्ट ट्रयाकवाट यो संसोधनलाई छिटो सर्वसम्मतका साथ टुंगो लगाउनु आवश्यक छ, तपाईहरु अब बैठक कहिले राख्नुहुन्छ ?’ प्रधानमन्त्रीले देउवासँग सोधेका थिए । देउवाले भने छिटै बैठक राखेर निर्णय दिने बताएका छन् ।
काँग्रेसका एक नेताका अनुसार, पार्टी बैठक बोलाउनु अघि काँग्रेसले मधेस केन्द्रीत दल जनता समाजवादीसँग एक चरण छुट्टै छलफल गर्न चाहेको छ ।

संविधानमा संसोधन गर्दा मधेसी, जनजाती, आदीवासीका माग संविधान जारी गर्दा सम्बोधन हुन नसकेका विषयलाई पनि अहिले संसोधनमा एउटै प्याकेज बनाएर समेटनु पर्ने बताउदै आईरहेका जनता समाजवादीको धारणा पहिले बुझने र त्यसपछि मात्र केन्द्रीय समिति बैठक बसेर निर्णय लिने तयारीमा लागेको छ । 

प्रतिक्रिया दिनुहोस