चितवन । निमार्ण सम्झौता भएको ७ वर्ष बितिसक्दा पनि ठिमुरा देवघाट जोड्ने पुल निमार्ण कार्य जम्मा ६५ प्रतिशत सम्पन्न भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले त्रिशूली नदीमा देवघाट–ठिमुरा पुल निर्माण गर्न २०७० साल कार्तीक २० गते १६ करोड ५३ लाख २४ हजारमा १९ कात्तिक ०७४ मा सक्नेगरी ठेक्का सम्झौता गरेको थियो । पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर रु २१ करोड ६८ लाख पुगेको थियो ।
पुल शिलान्यासको ४ वर्षमा काम सम्पन्न गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै ठेकेदारले पटक पटक समय थप गरेको हो । पुल निर्माणको समयावधि सकिएको झण्डै ३ वर्ष बितिसक्दा पनि जम्मा ६५ प्रतिशत मात्र काम भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले सडक निमार्णको काम ६५ प्रतिशत सकिएको र अहिले निमार्ण कार्य धमाधम भईरहेकाले निर्धारित मितिमा सकिने बिश्वास ब्यक्त गर्नु भयो ।
आउने फागुन सम्म म्याद थपिएकोले त्यो मितिमा पुल निमार्ण सक्ने गरी ठेकेदारले काम गरिरहेको उहाँले बताउनुभयो । शक्रबार स्पान ढलान भएको र अब केही दिनमा स्यालेव ढलान सम्पन्न हुनेछ । इलाइट एड्भेन्जर र इन्द्रेणी जेभी मिलेर संयुक्तरूपमा पुल निर्माणको जिम्मेवारी लिएका हुन् । पुल निमार्णमा ढिलाई भएपछि महालेखा परीक्षकको कार्यालयले देवघाटनजिक त्रिशूली नदीमा निर्माणाधीन पुलमा त्रुटि देखाएको थियो । निधारित समयमा काम नसकेको, पटक–पटक डिजाइन फेरेको, काम ढिलो हुँदा लागत रकम बढेको महालेखाले जनाएको थियो ।
महालेखाको प्रतिवेदनअनुसार पुलको एप्रोच सडकसम्म छैन र एबुटमेन्टसमेत कटान हुने खतरामा छ । महालेखा परीक्षकको कार्यालयले अधुरो काम तत्काल सक्न सडक कार्यालय निर्देशन दिएको थियो भने समयमा काम नसक्ने निर्माण व्यवसायीलाई कारबाही गर्न पनि जोड दिएको थियो । सडक कार्यालयले भने निर्माण सुरु हुनुअघिकोे डिजाइन परिवर्तन गरी फरक तरिकाले काम गर्नुपरेकोले पनि ढिला भएको जनाउदै आएको छ । सडकको डिजाइन फेरिँदा सरकारलाई दुई करोड २८ लाख थप भार परेको छ । निर्माण व्यवसायीले भने स्पष्ट कारणविनै पटक–पटक म्याद थप गर्दै आएका हुन् ।
ठिमुरा र देवघाटलाई जोड्ने पुललाई विशेष पुलका रूपमा लिइएको छ । देवघाट क्षेत्रबिकास समितिका निर्वतमान अध्यक्ष तथा ठिमुरा–देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिका उपाध्यक्ष टङ्कनाथ पौडेलको बिशेष पहलमा पुल निमार्णको थालनि भएको थियो । पर्याप्त बजेट र प्राविधिक कठिनाइका कारण समयमा पुल बन्न नसकेको ठिमुरा–देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिका उपाध्यक्ष टङ्कनाथ पौडेलले बताउनु भयो ।
सम्बन्धित निकायलाई घचघच्याउदा अहिले कामले गति लिएको र पुलको दुई पिलर बिचको दुई साईडको बिम स्पान ढलान गरिएको पौडेलले बताउनु भयो । पुलमा चितवन तर्फका दुई पिल्लरको बिचको दुवै तर्फ ४०÷४० मिटर लम्बाईको स्पान अर्थात दुई साईडको बिम ढलान भएको बताउदै उहाले अव निधार्रीत मितिमा काम सकिने बताउनु भयो । ४ वटा पिलर रहेको सो पुल २४० मिटर लामो बन्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
आइतबार, ११ जेठ २०७७, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्झौता भएको ५ वर्षसम्म पनि सुरु भएन पुल निर्माण
चौध करोड लागतमा मनाङमा पुल बन्दै
दुम्किबासमा पुल भाँचिएर रोकिएका गाडी वैकल्पिक मार्गबाट सञ्चालन
जीर्ण बन्दै देवघाट जाने पुल
सतिघाटमा पक्की पुल नहुँदा नागरिकलाई सास्ती
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा