च्याउँ खेतीमा भरतपुर १३ का युवाहरुले गरे सफल परीक्षण

शुक्रबार, ११ फागुन २०७४, १३ : ३७
च्याउँ खेतीमा भरतपुर १३ का युवाहरुले गरे सफल परीक्षण

भरतपुर: युवा उद्यमसिलतालाइ मध्यनजर गर्दै योङ्ग–नेपालले सुरु गरेको च्याउ खेती परीक्षण सफल भएको छ । बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि च्याउको बिक्री वितरण समेत सुरु गरिएको छ ।

कार्यक्रमलाइ संबोधन गर्दै जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधिर श्रेष्ठले च्याउ खेती समय अनुसार परिमार्जित भईरहेको बताउनुभयो । कृषि क्षेत्रलार्इ समाजमा प्रतिष्ठाको पेशा बनाउन योङ्ग–नेपालले भूमिका खेल्नेमा उहाँको बिस्वास छ । “केहि समय अगाडि समुदाय अनुसार च्याउको प्रयोग हुने गर्दथ्यो तर अहिले सबैले च्याउ प्रयोग गर्दछन् । यसै अनुरुप युवा जागरुक भई योङ्ग–नेपाल संस्थाले गरेको यस कार्य समाज रुपान्तरणको प्रयास हो” श्रेष्ठले भन्नुभयो । कृषि क्षेत्रलाइ पर्यटन क्षेत्रसंग जोड्न सकेमा बहुआयामिक हुन सक्ने श्रेष्ठको भनाइ छ ।

अन्नपूूर्ण दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष भगिरथ तिमिल्सेनाले समृद्द नेपाल निर्माण र परिकल्पना गर्न कृषिको आधुनिकीकरण गर्न जरुरी रहेको बताउनुभयो । भरतपुर महानगरपालिका वडा नं.१३ का वडा सदस्य किशोर पौडेलले योङ्ग–नेपाल र वडा न १३ सहकार्य गरि समाजलार्इ आत्मनिर्भरता तर्फ डोर्‍याउने बताउनुभयो ।

पुस २७ गतेबाट सुरु गरिएको च्याउ खेतीको सुरुवाती परीक्षणमा १० जना युवाको संलग्नता थियो । राम्रो च्याउ उत्पादनको लागि २३ देखि २६ डिग्री सेल्सियस तापक्रममा आवश्यक पर्दछ । योङ्ग नेपालले संचालन गरेको च्याउ खेती नित्तान्त अर्गानिक रहेको संस्थाका सदस्य सन्जिव ओझा बताउनुभयो । “टुसा पलाएको ८÷९ दिनमा खान योग्य हुने रहेछ, छोटो समयमा राम्रो आम्दानी हुने देखेका छौ” ओझाले भन्नुभयो “यसबाट आउने आम्दानीलाइ नमुना पुस्तकालयको लागि पुस्तक खरिदमा लगानी गर्नेछौं ।”

युवा उद्यमसिलता र स्वरोजगारलार्इ प्रोत्साहन गर्ने दिने उदेश्यले च्याउ खेती सुरु गरिएको संस्थाका सचिव अस्विन धितालले बताउनुभयो । करिब १५ हजारको लगानीमा योङ्ग नेपालले च्याउ खेती सुरु गरेको हो । च्याउ खेतीलाई बिस्तारै ब्यबसायिकरण गर्दै जाने च्याउ खेतीका संयोजक सरोज कोइरालाले बताउनुभयो । “यो सुरुवाती परीक्षण मात्र हो, हामी यसमा सफल पनि भयौ । यसलाई अब निरन्तरता दिने सोचमा छौ”– कोइरालाले भन्नुभयो । करिब १० जना युवालाई रोजगारी दिने गरि संस्था स्वाबलम्बी बनाउदै यसलाई प्रेरणाको स्रोत बनाउने कोइरालाको भनाइ छ ।

यसअघि नमुना पुस्तकालय स्थापनाको लागी योङ्ग–नेपालले प्रथम बेलोध खिचरा महोत्सबमा “एक कप चिया , कफी पुस्तकालयका लागी” भन्ने अभियान संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस