क. प्रचण्ड नेतृत्वको दश बर्षे महान जनयुद्धको जगमा १९ दिने जनआन्दोलन र थप मधेस र आदिवासी-जनजाती आन्दोलनबाट, सबै वर्ग, जाति, क्षेत्र र लिङ्गका नेपाली जनतालको सर्वाङ्गीण विकासको निम्ति, एकात्मक र केन्द्रीकृत राजतन्त्रात्मक राज्यव्यवस्थालाई अन्त्य गरि, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय सहितको समानुपातिक/समावेसी लोकतान्त्रिक राज्यव्यवस्था स्थापित गर्न निकै ठुलो, कष्टसाध्य र लामो बलिदानीपुर्न संघर्षबाट भएको कुरा स्वर्णिम अक्षरले इतिहासमा लिपिबद्ध भइसकेको छ ।
बर्तमान राष्ट्रिय-अन्तराष्ट्रिय परिस्थिति र विश्व कम्युनिष्ट आन्दोलनमा देखा परेको संकटको वीचबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई विश्वब्यापी एक आयामको रुपमा विकसित गर्ने उदेश्यले माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्ड र एमालेका अध्यक्ष क . केपी वली वीचको छलफलको अन्तिम निष्कर्ष पस्चात पार्टी एकतालाई सुनिश्चित गरेको छ ।
रुसी र चीनीया क्रान्ति र प्रतिक्रान्ति पस्चात विश्वभर कम्युनिष्ट क्रान्तिकारीको पहलकदमीहरु अन्ततः दक्षिणपन्थी अवसरवादमा वा उग्रबामपन्थी अबसरवादमा पतन भएको छ । कतिपय मुलुकका कम्युनिष्ट क्रान्तिकारीलाई विश्व साम्राज्यवादी शक्तिद्वारा उठ्नै नसक्ने गरि दमन गरिएको घटनालाई हामीले बिर्सनु हुदैन ।
त्यसैले, माओवादी केन्द्र र एमालेवीचको पार्टी एकता, राष्ट्रिय-अन्तराष्टिय शक्ति सन्तुलन र राष्ट्रिय राजनीतिक धुर्विकरणको अपरिहार्यता तथा नेपाली कम्युनिष्ट आन्दोलनको बस्तुगत र आत्मगत परिस्थितिबाट निर्देशित दर्शनद्वार भएको कुरा स्पष्ट हुनुपर्दछ ।
६ बुदे सहमतिको पृष्टभुमिमा भएको पछिल्लो ७ बुदे पार्टी एकताको सहमति, संबिधान कार्यन्वयन र बैज्ञानिक समाजवाद स्थापना गर्ने दिशमा अघि बाढ्नको लागि शही विचार र राजनीतिक कार्यदिशा निर्माण गर्न भिषण बैचारिक संघर्ष संन्चालनको अनिवार्यता माथि विषेश जोड गर्दै भएको छ ।
तसर्थ, बामपन्थीको तीनै तहमा बहुमतको सरकार, सामाजिक न्याय सहितको समानुपातिक-समावेसी लोकतन्त्रको पुर्णता, राष्ट्रिय (आत्मानिर्भर) अर्थतन्त्रको बिकास र बैज्ञानिक समाजवादको स्थापना गर्ने मुख्य उदेश्यमा अबिचलित रहेने कुरा प्रति अहिलेनै आसंखा गर्नु वान्छनिय हुदैन ।
रुसी र चीनीया क्रान्ति र प्रतिक्रान्ति पस्चात विश्वभर कम्युनिष्ट क्रान्तिकारीको पहलकदमीहरु अन्ततः दक्षिणपन्थी अवसरवादमा वा उग्रबामपन्थी अबसरवादमा पतन भएको छ । कतिपय मुलुकका कम्युनिष्ट क्रान्तिकारीलाई विश्व साम्राज्यवादी शक्तिद्वारा उठ्नै नसक्ने गरि दमन गरिएको घटनालाई हामीले बिर्सनु हुदैन । छिमेकी भारतमा ‘भाकपा माओवादी’ न अघि बढ्न सक्छ, न नै पछि हट्न सक्छ । केवल क्रुर दमनबाट एक पछि अर्को गंभिर क्षेति ब्यहोर्न विवस छन ।
क. प्रचण्डको नेतृत्वमै माओवादी धारहरुलाई मुलभुतरुपमा एकताबध्द पारी पछिल्लो माओवादी र एमालेवीच पार्टी एकता र भिषण विचारधारात्मक संघर्षबाटै सहि राजनीतिक कार्यदिशा निर्माण गर्ने प्रष्ट कार्ययोजना सम्मको मुख्य भुमिकालाई हेर्दा वैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्यबाट प्रेरित भएको बिषय प्रति मुख्यतः सबैको ध्यानाकर्षण हुन जरुरी छ ।
उत्पीडित राष्ट्र र बर्ग माथि, बदलिएको विश्व साम्राज्यवादको शोषण र दमनका स्वरुपलाई सहि विश्लेषण र संस्लेषण गरि एेतिहासिक चुनवाङ बैठक हुदै संघीय लोकतान्त्रिक गणतन्त्रको पृष्ठभुमिमा मुलभुत रुपमा हामी सबै कम्युनिष्टहरु उभिएका छौं ।
हाम्रो देश नेपाल, बिबिधतायुक्त मनोबिज्ञानहरु रहेको नेपालीहरुको संगमस्थल हो । हाम्रो देश, भौगोलिक रुपमा जति अविछिन्न रहन्दै आएको छ, विविध मनोबिज्ञानलाई संकेन्द्रित गरि राष्ट्र र राष्ट्रियतालाई बराबरी हैसियतमा उठाएर ‘नया राष्ट्रिय एकता’ भित्र साझा पहिचान युक्त ‘देश नेपाल’ निर्माण गर्ने कार्यभार अझै बाकीनै रहेको कुरा स्पष्ट हुनु पर्दछ ।
विचारधारात्मक राजनीतिक कार्यदिशा शहि हुनु वा नहुनुले सबै कुराको निर्धारण गर्दछ, भन्ने माओ त्से तुङको विश्वविख्यात वैज्ञानिक संस्लेषणलाई हामीले आत्मसाथ गर्नै पर्दछ । देशी-विदेशी प्रतिक्रियावादी शक्ति लागेर माओवादी आन्दोलन क्षेतविक्षेत बनाउने कोसिस गरेकै हो । त्यसमा हामी भित्रबाट पनि उक्साहटमा परि पार्टी फुटको पक्षमा उभिन पछि नपरेको पनि स्पष्टै छ ।
अन्ततः क. प्रचण्डको नेतृत्वमै माओवादी धारहरुलाई मुलभुतरुपमा एकताबध्द पारी पछिल्लो माओवादी र एमालेवीच पार्टी एकता र भिषण विचारधारात्मक संघर्षबाटै सहि राजनीतिक कार्यदिशा निर्माण गर्ने प्रष्ट कार्ययोजना सम्मको मुख्य भुमिकालाई हेर्दा वैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्यबाट प्रेरित भएको बिषय प्रति मुख्यतः सबैको ध्यानाकर्षण हुन जरुरी छ ।
अतः हिजोका माओवादी धारक नेता वैध र बिप्लवहरु, प्रचण्ड नेतृत्वको वैज्ञानिक समाजवादी क्रान्तिको अन्तर्राष्ट्रिय अभियानमा संलग्न हुन लाज मान्नु पर्दैन । अन्यथा, निष्पट् अध्यारो कुनामा बसेर कम्युनिष्ट क्रान्तिकारिताको उपदेश दिनुको कुनै गुनजायज हुने छैन ।
त्यसै गरि, फरक फरक स्वरुपमा, लोकेन्द्र बिष्ट, गोपाल किराती र कृष्ण भक्त दुलाल लगाएत माओवादी धारका नेताहरुले प्रचण्ड केपी नेतृत्वको अन्तराष्ट्रिय कम्युनिष्ट अभियानलाई बिश्वास नगरेर निकै संवेदनशील र आत्माकेन्द्रित भई पार्टी एकता प्रक्रियाबाट अलग भएको आम संचार मार्फत घोषणा सुन्नमा आएको छ ।
यदी माथि उल्लेखित कमरेडहरुको संचार मार्फत वाहिरा आएको कुरानै सही हो भने, उहाँहरुको कदम एकदम गलत मात्र होईन, प्रतिउत्पाक पनि छ । तसर्थ क. लोकेन्द्र विष्ट, गोपाल किराती र बिश्व भक्त दुलालहरुले तुरुन्त आत्मकेन्द्रित र मनोगत निर्णयबाट हुने भयानक क्षेतिलाई बिषेश ध्यान दिएर उक्त निर्णयबाट पछि हट्न र गंभिरतापुर्वक पुनर्बिचार गर्न बिषेश अनुरोध गर्दछु । र, क. प्रचण्ड नेतृत्वको पार्टी एकतामा सहभागी भई दक्षिण एसियाकै एक शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने एेतिहासिक अभियानमा सामेल हुन अपिल गर्दछु ।
– लेखक सुरेशकुमार राई ‘एसके. हिमाल’ नेकपा माओवादी केन्द्र सचिवालय सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस