रुपै मोहनी’ बोलको गीत ‘मेरो गीत चोरी भएको हो:कुमार बस्नेत

शुक्रबार, ११ फागुन २०७४, ११ : ००
रुपै मोहनी’ बोलको गीत ‘मेरो गीत चोरी भएको हो:कुमार बस्नेत

काठमाडौँ – बहुप्रतिक्षित फिल्म शत्रु गत्तेको रुपै मोहनी’ बोलको गीत चोरी भएको खुलासा भएको छ । उक्त गीतलाई वरिष्ठ गायक कुमार बस्नेतको गीत ‘रउसी खान जाउँ बोलसँग मिलेको भन्दै गीत प्रति गायक कुमार बस्नेत आपत्ती जनाएका छन् ।

उनले भनेका छन् ‘मेरो गीत चोरी भएको हो र यस विषयमा मैले हरिवंश आचार्यसँग जिज्ञासा गर्दा हरिवंशले होइन दाई भजनको रुपमा मात्रै हो भनेर हल्का जवाफ दिए ।’ लोकराज अधिकारीले शब्द लेखेको ‘रुपै मोहनी’लाई संगीतकार टंक बुढाथोकीले संगीत दिएका छन् । फिल्ममा कालाकार दीपकराज गिरी दीपाश्री निरौला, हरिबशं आचार्य, पल शाह, आँचल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस