–प्रकाश सिग्देल
चितवन । पृथ्वी सबैको साझा हो । यो वाक्य सुन्दा जति सुन्दर छ । व्यवहारमा उत्रेर हेर्दा उत्तिकै कुरुप पनि । यहाँ सबैलाई आफ्नै चिन्ता छ । तर जनावरको पीडा कसैले बुझेन । अझ यो कोरोनाको महामारीका बेला त कुकुर बिरालोको नजिक पनि पर्न हुँदैन भनेर भनिए पछि त मानिसहरुले नजिक कुकुर बिरोलो आयो भने पनि ढुगांले हानेर लगार्ने गरेका छन् ।
लकडाउनका कारण अहिले सबै मानिस घरभित्रै छन् । होटल, रेष्टुराँ, मासु पसल अरुअरु सबै बन्द छन् । सबैतिर चाहारेर मानिसहरुले फालेको खाएर पेट भर्ने कुकुर बिरालो लगायत अन्य जनावरको अहिले के अवस्था भयो होला । यतातर्फ सोच्ने फुर्सद हामी कसैलाई छैन ।
बिगत डेढ महिनादेखि चितवन नारायणगढ क्षेत्रपुरकी एक युवती तीनै सडकमा चाहरी रहने भोका कुकुरको सेवामा लागिरहेकी छन् । उनलाई कोरोनाको भन्दा पनि ती सडकमा भोकभोकै रहेका, घाउ र बिभिन्न चोटबाट छट्पटिएका कुकुर र सडकमा रहेका अरु जनावरको चिन्ता बढी छ ।
भर्खरै एम बिए सकेर बसेकी यी क्षेत्रपुरकी युवती श्रद्धा अधिकारी बिहान ५ बजे उठेर घरमा खाना पकाएर बाल्टी र अन्य भाडामा हालेर स्कुटीमा राखेर ६ बजे नै राजमार्गका विभिन्न ठाउँमा जम्मा भएका कुकुरका लागि खाना बाँड्ने गरेकी छन् । दिउँसो र साझ सुरक्षा कर्मीले बाटोमा हिँड्न नदिने भएपछि बिहान ६ बजेनै कुकुर र सडकमा रहेका अन्य जनावरका लागी खाना बोकेर कुकुर जम्मा हुने ठाउँहरुमा पुग्ने गरेको उनले बताइन्
६ बजे पछाडी जाँदा कुकुरहरु अन्यत्र हिँडिसक्ने र उनीहरुलाई फेरि खोज्न मुस्किल हुने भएकाले आफु बिहानै ६ बजे नै कुकुरहरु बसेको ठाउमा पुग्ने गरेको उनको भनाई छ । आफुले खाना वितरणसंगै विभिन्न चोट पटकबाट घाईते भएका कुकुरहरुको उद्धार र सडकमा बेवारीसे छाडिएका गाई बाच्छा लगायतका अन्य जनावरको उपचार पनि गर्ने गरेको उनि सुनाउछिन् ।
लकडाउन हुनु केही दिन अगाडिदेखि बजारमा मानिसहरुको चहल पहल कम हुदै जानथालेपछि सडकमा हिड्ने कुकुरहरु खानाको अभावले भोक भोकै हुन थालेको देखेपछि आफुले कुकुरलाई बिस्कुट लगायतका अन्य खानेकुरा दिन थालेको उनको भनाई छ ।
लकडाउन भए लगतैका दिनमा दैनिक ४० जती कुकुरलाई आफुले खानेकुरा दिने गरेपनी अहिले दैनिक १२० को हाराहारीमा कुकुरलाई खाना दिने गरेको उनी बताउछिन् । दैनिक कुकुरलाई खाना खुवाउदा ३ हजार जती खर्चो हुने गरेको उनले सुनाईन ।अहिले सम्म उनले त्यो रकम आफैले आफनो कमाईबाट खर्चो गर्दै आएको बताईन् ।
सुरुका दिनमा लकडाउन यति धेरै जाला जस्तो नलागेको खाना खुवाउदै जाँदा दिन पनि लम्बिदै गएको र यस्तो अवस्थामा किन खाना खुवाउन रोक्ने जति खर्चो भएपनि खुवाउछु भनेर आफुले निरन्तर खाना खुवाई रहेको उनको भनाई छ ।
आफनो घरमा पालेको कुकुरलाई सवारी साधनले ठक्कर दिएर भागेपछि, घरमै पालेको कुकुरलाईत मानिसहरुले यस्तो गर्छन भने सडकमा बेबारीसे कुकुरलाई कति समस्या भयो होला भन्ने लागेर आफु कुकुरको संरक्षणमा लागेको उनी बताउँछिन् ।
कुकुर प्रति मानिसहरुले गर्ने ब्यवहारका कारण आफुलाई कुकुरको अधिकार प्रति आवाज उठाउने कोही नहुने रहेछ भन्ने लागेर आफैले भनेपनि अव कुकुरको लागी केही सेवा गर्नु पर्छ भन्ने भावना पलाउदै आएको ले आफनै कमाईबाट भएपनि आज सम्म सेवा गरिरहेको उनको भनाई छ ।
भोकका कारण कुकुरहरु रिसाउने, खानाको खोजीमा ठाउँ चहारिरहने, झगडा गर्ने गर्दछन् त्यस्तो अवस्था आउन नदिन आफुले यो अभियान जारी राखेको र अहिले लिलाचोकका ब्यवसायी चन्दन अग्रवालले पनि सहयोग गर्नु भएको र अन्य एक दुई जना भाईहरुले पनि आफुलाई यो अभियानमा साथ दिएको उनी बताउछिन् ।
कुकुरहरु भोको भएपछि झगडा गर्ने र कुकुरहरुको झगडाले मान्छेलाई समस्या पार्ने भएकाले त्यस्तो हुन नदिनका लागी आफु हरेक दिन सुरक्षा साबधानी सहित कुकुरलाई खाना खुवाईरहेको उनको भनाई छ । मान्छेले जसोतसो खाएका छन् । नहुनेलाई सरकारले दिएको छ । तर, कुकुर र बाँदरका लागि के गर्न सकिन्छ भनेर चिन्ता न स्थानिय सरकारले गरेका छन् । न यहाँका पशु अधिकारकर्मीलाई यो ख्याल नै छ ।
विगत डेड महिना अघिदेखि मुलुकमा लकडाउन जारी छ । जसका कारण सहरका सडकमा आश्रित कुकुर भोकै पर्न थालेका छन् । यस्ता कुकुरलाई खुवाउन अहिले यी युवती अहोरात्र खटिएकी छन् । लकडाउनका कारण सबै घरभित्र हुँदा यतिबेला यी कुकुरको अवस्था नाजुक भएको र कुकुरहरुको सेवामा एक्लै खटिएकी यि युवतीे यो अभियानलाई सबैले साथ दिनु पर्ने ब्यवसायी चन्दन अग्रवाल बताउनुहुन्छ ।
आम मान्छे घरभित्र बस्दा बाहिर जनावर भने भोकसँग युद्ध लडिरहेका छन। तर उनीहरुको आवाज यी युवतीले बाहेक अरुले सुन्न सकेनन् । मान्छे सर्वश्रेष्ठ प्राणी भनेर जति ठूला गफ लगाए पनि जीवजन्तुको रक्षाका लागि हामीले केही गर्न सकेका रहेनछौ त्यसैको कमजोरीको एउटा परिणाम कोरोना पनि हो । त्यसैले अव पशुअधिकारको पनि ख्याल गरौ । आफैले खुवाउन नसकेपनि खाना खुवाउनेहरुलाई साथ दिउ । मानवीय धर्म निर्वाह गराँै।
प्रतिक्रिया दिनुहोस