काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीनरतीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ ।
साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ । सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ । साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९२५ पुगेको छ ।
सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका छन् । हालसम्म २६४ सङ्क्रमितको मृत्यु भएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३१ बैशाख २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने
साउदीको अराम्कोद्वारा एसपीओ घोषणा
नेपाललाई साउदीले दियो ७४ रनको लक्ष्य
साउदीसँग एक महिनाभित्रै श्रम सम्झौता गर्न प्रस्ताव