स्वर्गिय मदन भण्डारीले देखाएको बाटोमा हिँडछौँ : मुख्यमन्त्री पौडेल

विहीबार, १० फागुन २०७४, ११ : २७
स्वर्गिय मदन भण्डारीले देखाएको बाटोमा हिँडछौँ : मुख्यमन्त्री पौडेल

मकवानपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले जननेता मदन भण्डारीको योगदानलाई कहिल्यैपनि भुल्न नसकिने बताएका छन् । बिहीबार हेटौँडामा मदन भण्डारी फाउण्डेसनले गरेको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री पौडेलले आफुहरु स्वर्गिय भण्डारीले देखाएको बाटोमा हिँडने प्रतिबद्धता ब्यक्त गरे ।
उनले भण्डारीको योगदानले नै मुलुक आज यो अवस्थामा आएको बताए ।

मुख्यमन्त्री पौडेलले आफ्नो काँधमा निकै ठुलो जिम्मेवारी आएको र उक्त जिम्मेवारीलाई निर्वाह गर्न आफु दिनरात लागिपर्ने पनि बताए । प्रदेश नंबर ३ का जनताले गरेको भरोषालाई आफुले टुटन नदिने भन्दै मुख्यमन्त्री पौडेलले सोचे अनुसारको समृद्ध नेपाल निर्माणका लागि प्रदेश सरकार लागि पर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रममा मुख्य मन्त्री पौडेलसहित राष्ट्रियसभा सांसद रामचन्द्र राई, प्रदेशसभा सांसदहरु प्रेमबहादुर पुलामी, मुनु सिग्देल, ओम घलानलाई सम्मानपत्र प्रदान गरिएको थियो भने फाउण्डेसनमा रहेर जनप्रतिनिधि भएका पदाधिकारी तथा सस्यहरुलाई ककदरपत्र दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस