काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ५१आँै वैवाहिक वर्षगाँठका अवसरमा नातिनी तथा गायिका स्मिता दाहालले मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरलाई सहयोग गर्नुभएको छ ।
गायिका दाहालले कैलालीका पत्रकार प्रकाश मिश्रमार्फत आज हजुरबुबाको वैवाहिक वर्षगाँठको अवसर पारेर सहारा घरलाई रु ५१ हजार बराबरका लत्ताकपडा तथा खाद्यान्न सहयोग गर्नुभएको हो । केही समय पहिले एक साङ्गीतिक कार्यक्रममा कैलाली आउँदा कुनै दिन समय मिलाएर सहारा घरलाई सहयोग गर्ने प्रतिबद्धता गरेर जानुभएकी गायिका दाहालले हजुरबुबाको वैवाहिक वर्षगाँठको अवसर पारेर पठाउनुभएको सहयोग प्रदान गर्न पाउँदा खुशी लागेको पत्रकार मिश्रले बताउनुभयो ।
विभिन्न ठाउँका सडकबाट ल्याइएका ७३ जना मानसिक रोगीलाई आश्रय प्रदान गरिरहनुभएका सहारा घरका सञ्चालक बलबहादुर विष्टले गर्मीको समयमा लगाउन मिल्ने ट्राउजर, टिसर्ट तथा खाद्यान्नमा दाल, चामल, तेल, नुन, भटमास प्रदान गर्नुभएकोमा गायिका दाहाललाई धन्यवाद दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
समाजवाद उन्मुख शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ : प्रचण्ड
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
परिवर्तनको संवाहक माओवादी नै हो भन्ने प्रस्ट भएको छ : प्रचण्ड
‘प्रचण्ड’ले गरे गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन