कुश्मामा गौशाला निर्माण, अब छाडा पशुपंक्षीको व्यवस्थापन हुने

सफल खबर संवाददाता

शुक्रबार, २६ बैशाख २०७७, १५ : ४१
कुश्मामा गौशाला निर्माण, अब छाडा पशुपंक्षीको व्यवस्थापन हुने

पर्वत । कुश्मा नगरपालिका क्षेत्रमा रहेका छाडा पशुपंक्षीको व्यवस्थापनका लागि कुश्मा नगरपालिकाले गौशाला निर्माण गरेको छ ।

कुश्मा नगरपालकिा वडा नम्बर ७ को संयोजन तथा स्थानीयको जनश्रमदानमा गौशाला निर्माण गरिएको हो ।

नगरपालिकाको वडा नम्बर ७ को भण्डारी वनमा रहेको करिब १ सय ५० रोपनी क्षेत्रफलमा गौशाला निर्माण गरिएको वडाध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो ।

१ सय ५० रोपनी क्षेत्रमा पशुपंक्षीलाई चरन क्षेत्र र बस्नका लागि गोठ बनाइएको उहाँले जानकारी दिनुभयो ।

कुश्मा आसपासका क्षेत्रमा छाडा छोडिएका पशुपंक्षीले स्थानीयको बालीमा नोक्सानी गर्न थालेपछि तीनको व्यवस्थापनाका लागि गौशाला निर्माण गरिएको पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस