काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिनुभएको छ । संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब नमूना दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले बैठक हललाई निर्मलीकरण गर्ने प्रक्रिया सम्पन्न भएको जानकारी पाएको बताउनुभयो ।
निकै राम्रो ढङ्गबाट बैठक सञ्चालन गर्ने तयारी भइरहेको आफूले पाएको अध्यक्ष दाहालको भनाइ थियो । “बैठक सञ्चालनबारे संसद् सचिवालयको तयारीसम्बन्धी ब्रिफिङ पनि सुनेँ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “पहिला एक सिट छाडेर बस्ने भन्ने थियो, अहिले दुई सिट छाडेर बस्ने भन्ने भएको छ ।” उहाँले प्रधानमन्त्रीका लागि दुई वटा लाइन नै छाडेर बस्ने तयारी गरिएको जानकारी दिनुभयो । बैठक कक्षको बालकोनीमा पनि बस्ने ढङ्गबाट अगाडि बढेको छ ।
एक/दुई दिनमै बैठक बोलाउँछौ
फरक प्रसङ्गमा अध्यक्ष दाहालले गृहकार्य नपुगेका कारण स्थायी कमिटी बैठक बस्न नसकेको बताउनुभयो । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर एक÷दुई दिनभित्रै बैठक बोलाउने उहाँले जानकारी दिनुभयो । यसैबीच, स्थायी कमिटीको बैठकलगायतका विषयमा नेकपाका केही स्थायी कमिटी सदस्यले आज पार्टी कार्यालय धुम्रबाराहीमा अनौपचारिक छलफल गरेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २५ बैशाख २०७७, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
परिवर्तनको संवाहक माओवादी नै हो भन्ने प्रस्ट भएको छ : प्रचण्ड
‘प्रचण्ड’ले गरे गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष प्रचण्ड
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड