चितवन । प्रेस युनियन, चितवनलाई मास्क, सेनिटाइजर, ज्याकेट प्रदान गरिएको छ । युनियनका सल्लाहाकार शिव लम्सालको समन्वय र पत्रकार महासंघका, पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको अगुवाईमा युनियन चितवनका अनिल ढकाललाई उक्त सामाग्री प्रदान गरिएको हो ।
सामाग्री हस्तान्तरण गर्दै पूर्व अध्यक्ष झाले प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रताको लागि जस्तो सुकै परिस्थितिमा पत्रकार अघि बढ्नु पर्ने भएकोले स्वास्थ्य सामाग्रीको अभावमा जनतालाई सुसुचित हुनुपर्ने अधिकारलाई वञ्चित गर्न नहुने बताउनु भयो ।
महामारीको अवस्थामा देशभरका पत्रकार साथीहरुको अवस्था बुझ्न आफूहरुले चितवन, कावासोती देखि उदयपुर विरगञ्जसम्म यात्राको क्रममा रहेको बताउनु भयो । युनियनका सल्लाहाकार शिव लम्सालले सूचना संकलनका क्रममा पत्रकार पनि उत्तिकै जोखिममा रहेकोले अहिलेको आवश्यकतालाई बुझि स्वास्थ्य सामाग्री वितरण गरिएको बताउनु भयो ।
देशभरका पत्रकारको लागि जुनुसुकै समस्या परेपनि युनियनले यसको समाधान गर्न अग्रसर हुने उहांँको भनाई थियो ।
स्वास्थ्य सामाग्री बुझ्दै युनियन अध्यक्ष ढकालले यो स्वास्थ्य सामाग्री अहिलेको परिस्थितिमा अत्यावश्यक रहेकोले केन्द्रबाट आएको यो सहयोगप्रति आभार व्यक्त गर्नुभयो । हस्तान्तरण कार्यक्रममा प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, सचिव खिला कार्की, केन्द्रीय सदस्य सिर्जना अर्याल लगायतको उपस्थिति रहेको भएको थियो ।
पत्रकार टोली आज चितवनबाट कोरोना प्रभावित तराईका अन्य जिल्लाहरुमा जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस