काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि ‘एक व्यक्ति एक जिम्मेवारी’ को व्यवस्था गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहालमाथि दबाब सिर्जना भएको छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकका पेस गर्ने अजेन्डा र सहमतीय प्रस्ताव तयार पार्ने जिम्मेवारी दाहाललाई दिएका छन्। यसबाट पार्टीमा विभिन्न नेताले लिएको दोहोरो जिम्मेवारी हटाउन दाहालमाथि दबाब परेको छ।
नेपाल समूहले पार्टीलाई विधि र पद्धतिका आधारमा सञ्चालन गर्नुपर्ने, ‘एक व्यक्ति एक जिम्मेवारी’ को व्यवस्था गर्नुपर्नेलगायत माग गर्दै आएको छ।
सचिवालय बैठकको सहमति र भावनाअनुसार स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्ताव तयार पार्ने जिम्मेवारी ओलीले दाहाल र महासचिव विष्णु पौडेललाई दिएका हुन्। यो जिम्मेवारीसँगै नेपाल समूहको माग सम्बोधन गर्ने दायित्व अहिले दाहालको काँधमा आएको छ। ‘एक व्यक्ति एक जिम्मेवारी’ को व्यवस्था गर्दा अहिले दोहोरो जिम्मेवारी लिएका सबै नेताले एउटा छाड्नुपर्ने हुन्छ। दुई अध्यक्षबीच शक्ति बाँडफाँटको विषय मात्र नभएर समग्र पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नुपर्ने भएकाले ओलीले सहमतीय खाका तयार पार्ने जिम्मेवारी दाहाल र पौडेललाई दिएका हुन्।
सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश जारी गरेपछि सत्तासीन दल नेकपामा बढेको विवादलाई सचिवालय बैठकले साम्य पारेको भनिए पनि स्थायी कमिटी बैठकमा बल्झिने देखिएको छ। समस्या बल्झिन नदिन दाहालले दोहोरो जिम्मेवारीमा रहेका नेताहरुको एउटा जिम्मेवारी खारेज गर्ने प्रस्ताव लैजानुपर्ने हुन्छ।
ओलीले सोमबार सहमतीय प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएपछि दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन्। भेटमा नेपालले पार्टीलाई विधि र पद्धतिमा चलाउने प्रस्ताव आए मान्य हुने बताएका थिए। ‘मैले पटकपटक पार्टीका बैठकमा नोटअफ डिसेन्ट लेखेको छु। कसैलाई दोहोरो जिम्मेवारी दिएर जिम्मेवारीको खात लगाउने र कसैलाई जिम्मेवारीविहीन बनाउने पद्धति ठिक छैन। यसमा गम्भीर भएर सोच्नु होस्। पार्टीलाई विधिसंगत तरिकाले चलाऔं’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ बैशाख २०७७, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
परिवर्तनको संवाहक माओवादी नै हो भन्ने प्रस्ट भएको छ : प्रचण्ड
‘प्रचण्ड’ले गरे गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष प्रचण्ड
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड