बुटवल । रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् ।
भैंसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा एकै परिवारका सात जना बिरामी भएका हुन् । बिरामी हुनेमा १२ वर्षकी बालिकादेखि ७० वर्षीया वृद्धा छन् ।
गैडहवा गाउँपालिका– ४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षका रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीया कैलाशी हरिजन बिरामी परेका छन् ।
शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र वान्ता हुने जस्ता समस्या देखिएपछि उनीहरु राति १२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् ।
प्रतिक्रिया दिनुहोस