काठमाडौं । आज मजदुर दिवस । मजदुर दिवसको दिन राजधानीका विभिन्न स्थानमा सार्वजनिक मेस चलाइयो । त्यसका लागि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सार्वजनिक मेस चलाइएको सार्वजनिक गरेपनि बास्तविकता अर्कै भएको पाइएको छ ।
स्थानीय तहको सक्रियतामा अधिकांश मेस चलाइएपनि मानन्धरले आफ्नै सक्रियतामा भन्दै प्रचार गराएको पाइएको हो ।
मानन्धर शुक्रबार बिहान नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ र १७ मा खाना खुवाउने अभियानमा सहभागी भएका थिए । तर, सहभागी भएपछि उनले मिडियामा सम्बन्धित स्थानीय तहको कामको कुनै तारिफै नगरी आफ्नै पहलमा नभइ स्थानीय तहमा खाना भन्दै प्रचार गरेका हुन् ।
रोचक त के रह्यो भने मानन्धरले निशुल्क मेस सञ्चालन गर्न समन्वय गरेर नयाँ बजारस्थित सासा बैंक्वेटमा बिहान र बेलुका खानाको ब्यबस्थापन गरेको समाचार सार्वजनिक भएपनि सो स्थानमा मेस नै सञ्चालन नभएको पाइएको छ ।
यसबारे नेविसंघका नेता सुशील भट्टले आफूहरु मेसबारे बुझ्न सासा बैंक्वेटमा पुग्दा सुनसान रहेको पाइएको बताए । उनले राज्यमन्त्रीजस्तो व्यक्तिले भ्रमको खेति गरेको भन्दै आपत्ति समेत जनाए ।
अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ र १६ का विभिन्न स्थानमा स्थानीय तह र सहयोगी मनहरुको सक्रियतामा खाना खुवाइएको वडा नम्बर १६ का एक जनप्रतिनिधिले बताए । उनले राज्यमन्त्रीको उल्लेख्य योगदान नरहेपनि अनावश्यक प्रचार भएकाले आफ्नो ध्यानाकर्षण भएको बताए ।
यसैबीच आफ्नो निर्वाचन क्षेत्रका लागि कुनै काम नगरेको भन्दै जनस्तरबाटै आलोचित मानन्धरले राज्यमन्त्री भएपछि अनेकौं प्रचारका स्टन्ट अपनाउँदै आएका छन् ।
स्मरण रहोस् उनको घर नजिकै पर्ने बाइपास–नेपालटार सडकखण्ड दयनीय अवस्थामा रहेको २ वर्षबढी बितिसकेपनि अझै निर्माण सम्पन्न भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०७७, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमै फर्किए रामवीर मानन्धर
रामवीर मानन्धरको कारबाही फुकुवा