डाक्टर गोविन्द केसीकै तिनथरी जन्ममिति देखीयो

बुधबार, ०९ फागुन २०७४, १० : ४३
डाक्टर गोविन्द केसीकै तिनथरी जन्ममिति देखीयो

काठमाडौँ । पटक–पटक अनसन बसेर चिकित्सा क्षेत्रको सुधारका लागि आफूले नैतिक आन्दोलन तयार गरेको बताउँदै आएका त्रिवी शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीको फरक जन्ममिति देखीएपछि उनि स्वयम् माथि नैतिकताको प्रश्न उठेको छ ।

सामाजिक सञ्जालमा अहिले उनको फरक–फरक जन्ममितिलाई लिएर निकै बहस भैरहेको छ ।

डाक्टर गोविन्दको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ उल्लेख गरिएको तर उपप्रध्यापक रहँदा सहप्रध्यापकमा बढुवाका लागि केसीले भरेको आवेदन फारममा जन्ममिति २०१३ मंसिर २७ उल्लेख गरिएको त्यस्तै प्रध्यापक बढुवाका लागि उनले पेश गरेको आवेदन फारममा भने २०१३ असोज २७ उल्लेख गरिएका कागजात सामाजिक सञ्जालमा देखिएका छन् । यसको स्वतन्त्र पुष्टी हुन वाँकी छ ।

घटना र विचार साप्ताहिकको अनलाइन संस्करणमा छ, ‘केसीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र समेत पेश नगरेको बुझिएको छ । उनले अनिवार्य रुपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेश नगरेकोले थप आशंका जन्माएको छ ।’

प्रतिक्रिया दिनुहोस