बजारमा चाउचाउ अभाव, ६३ करोड राजश्व गुम्यो

आइतबार, १४ बैशाख २०७७, ११ : ३०
बजारमा चाउचाउ अभाव, ६३ करोड राजश्व गुम्यो

नवलपरासी । नेपालमा सर्बाधिक बिक्री हुने वाइवाई चाउचाउ उत्पादन गर्ने यहाको एउटै कारखाना बन्द हुँदा ३४ दिनमा ६३ करोड सरकारी राजश्व गुमेको छ । 

दुम्कौलीमा रहेको चौधरी ग्रुप इन्डिस्ट्रियल पार्कमा रहेको वाइवाइ चाउचाउ कारखानाले दैनिक ५४ हजार कार्टुन (दैनिक १६ लाख २० हजार पोका) चाउचाउ उत्पादन गर्छ । त्यस वापत उसले माशिक ५६ करोड राजश्व बुझाउछ । भन्सारमा आयातहुने कच्चा पदार्थमा भुक्तानी समेत जोडदा राजश्व रकम त्यो भन्दा बढि हुन्छ । चाउचाउ उत्पादनमा प्रयोगहुने कच्चा पदार्थ भारतवाट आउने गरेको छ । त्यस वापतको राजश्व भन्सारमा तिरिन्छ । 

लक डाउनका कारण बिगत ३४ दिनदेखि कारखाना बन्द हुदा ६३ करोड राजश्व गुमेको छ । अत्याबस्यकिय खाद्य सामाग्री उत्पादन गरेर एउटै कारखानाले एकै ठाउवाट सबै भन्दा बढि राजश्व तिर्ने यो नै नेपालकै ठुलो एकमात्र कारखाना हो । 

चौधरी उद्योगका महाप्रबन्धक रामकाजी सिटौलाले दैनिक झण्डै २ करोड राजश्व ( कच्चा पदार्थको भन्सारमा राजश्व समेत) बुझाउने र दैनिक २ हजार जनालाई रोजगारी दिदै आएको कारखाना संचालन हुन नसक्दा सरकारी कोषमा राजश्व घाटा भएको र मजदुरहरुको बिहान बेलुकाको रोजिरोटिको समस्या शुरु भएको जानकारी दिए । 

सिटौलाका अनुसारकारखानाले त्यहा कार्यरत २ हजार मजदुरहरुलाई माशिक ४ करोडतलब बापत भुक्तानी दिदै आएको  । २ हजार मजदुरहरु मध्ये कारखाना वरिपरिकै स्थानिय बासिन्दा १८सय १२ जना कार्यरत रहेका छन । डेरा भाडामा बसेर काराखानामा काम गर्दै आएका ४ सय भन्दा बढि मजदुरको सांझ बिहान हातमुख जोर्ने समस्याले बिचल्ली भएको छ । 

दुम्कौलीमा रहेको चौधरी ग्रुप इन्डिसिट्रययल पार्कले चाउचाउ, भुजिया, क्विक्स ,बिभिन्न स्न्याक्स, रियो लगायतका पेय पदार्थ ( खाद्य पदार्थ) उत्पादन गर्छ । यो नेपालको सबै भन्दा ठुलो तैयारी खाजा उत्पादक कारखाना हो ।

उद्योग तथा वाणिन्य मन्त्रालयले २ साता अघि नै अत्याबस्यकिय सेवाका कारखाना सूचारु गर्नु भन्ने परिपत्र गरेपनि यहा अबरोधले (त्रासका कारण)  कारखाना संचालन हुन नसकेको सिटौलाले जानकारी दिए । 

नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले खाद्यान्न सामाग्री उत्पादन गर्ने कारखाना तत्लकाल संचालन गर्ने बातावरणकालागि आफुले काम गरिरहेको र कसैले बिभिन्न बहानामा अबरोध गरे कारबाहि गर्ने दावी गरे । उनले नेपालीहरुको सांझ बिहानको खाजाका रुपमा प्रयोग हुने र घरघरमै आबस्यक हुने चाउचाउ कारखाना चाडो खोल्नपर्ने सुनाए । 

कारखाना भित्र रहेको ५ वटा प्लान्ट मध्ये २ फरक फरक भवनमा रहेका २ वटा प्लान्ट पहिलो चरणमा थोरै मजदुर राखेर संचालन गर्ने प्रयास भैरहेको सिटौलाले जानकारी दिए । ३५ दिनअघि देखि कारखाना बन्द हुदा बजारमा चाउचाउ अभाव भएको छ । दुम्कौलीमा रहेको कारखानाले दैनिक १९ लाख २० हजार प्याकेट चाउचाउ उत्पादन गर्दै आएको छ । कारखानाले त्यति नै परिमाणमा अन्य स्न्याक्स (खाजा) र रियो लगायतका पेय पदार्थ उत्पादन गर्दै आएको छ । यो नेपालकै सबै भन्दा ठुलो तैयारी खाजा उत्पादक कारखाना हो । दुम्कौलीको सिजी इण्डस्ट्रियल पार्कमा बिगत २३ वर्षदेखि ति खाद्य पदार्थ उत्पादन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस