काठमाडौं । समाजवादी पार्टी लगभग फुटको संघारमा पुगेको छ । यद्यपी फुटबाट बचाउने प्रयासमा नेताहरु लागिरहेकै छन् । यसैबीच जनकपुरबाट ‘अपहरण’ मा परेका दावी गरिएका समाजवादी पार्टीका नेता पूर्व राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
जनकपुरबाट साँझ ५ बजे यादवलाई गाडीमा हालेर प्रधानमन्त्री केपी ओलीका निकटस्थहरु काठमाडौंतर्फ प्रस्थान गरेका थिए।
बर्दिबासबाट हिँडेका उनीहरु साढे १० बजे राति बालुवाटार पुगेका थिए। यस्तै समाजवादीका केही सांसद पनि बालुवाटारमा रहेको स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०७७, २३ : ०७
लेखकबाट थप