काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा सरकारी कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने सम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट पास भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले कार्यविधि नाघेर पूर्वविशिष्ट व्यक्तिले निजी प्रयोजनका लागि राख्दै आएका सुरक्षाकर्मी फिर्ता गर्ने गरी बनाइएको कार्यविधि पास गरेको हो ।
गृह मन्त्रालयले सो कार्यविधि एक वर्षअघि नै तयार गरेर मन्त्रिपरिषद्मा पठाएको भए पनि उच्च राजनीतिक दबाबका कारण डम्प गरिँदै आइएको थियो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ बैशाख २०७७, ०७ : ४१
लेखकबाट थप