बागमती पुलमा शंकास्पद वस्तु

मंगलबार, ०८ फागुन २०७४, १३ : ३८
बागमती पुलमा शंकास्पद वस्तु

काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा शंकास्पद वस्तु भेटिएको छ । महानगरीय प्रहरी वृत, बानेश्वर नजिकै रहेको पुलमा शंकास्पद वस्तु भेटिएको हो ।
बन्दकर्ताले बम राखेको हुन सक्ने आशंका गरिएको छ ।
वृतका डिएसपी रवि पौडेलका अनुसार अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।
आज नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वन गरेको थियो ।  थप अनुसन्धान थालिएको छ ।
यसैबीच, पुलमा बम भेटिएपछि त्यस रुट भएर चल्ने सवारी साधनलाई करिडोरको बाटो हुदैं डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस