किन गर्यो व्यापारिक घराना दुगडले ‘प्रेस’को दुरुपयोग ?

शुक्रबार, ०५ बैशाख २०७७, ०९ : १२
किन गर्यो व्यापारिक घराना दुगडले ‘प्रेस’को दुरुपयोग ?

काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुक भरि अहिले लकडाउन छ । नागरिकको प्रत्यक्ष स्वास्थ्यसंग जोडिएकोले होला । अधिकांशले सरकारले आव्हान गरेको लकडाउनलाई सहयोग गरिरहेको छ । अत्यावश्यक काम बाहेक मानिसहरु घरबाट बाहिरन निस्कन छोडेका छन् । 

लकडाउनको क्रममा सरकारले अत्वाश्यक सेवा अन्र्तगत पर्ने एम्बुलेन्स, शववाहन, दुध, प्रेसका सवारी साधन निर्वाध रुपमा आवतजावत गर्न छुट दिएको छ । तर यो छुटलाई कतिपयले आफ्नो कमाउने दुनोको रुपमा सोझयाउने गरेका छन् ।

कतिपय पत्रकार र प्रेसमा आवद्ध नभएपनि आफ्नो निजि सवारी साधनमा प्रेस लेखेर आफखुसी हिडने र प्रेसको नाम पनि बदनाम गर्ने गरेको घटना नसुनिएको होईन । यस्तै घटना भएको छ २ नम्बर प्रदेशको विरंगजमा । 

नेपालमा व्यापारिक घरानामा दुग्ड ग्रुप आफ्नो व्यापार गर्न निजी सवारीमा प्रेस लेखेर हिड्दा प्रहरीको फन्दामा परेका छन् । प्रेस झुण्ड्याएर हिडिरहेको बेला विरगंजको घण्टाघरमा प्रहरीको चेकजाचमा परेपछि यो सार्वजनिक हुन पुगेको हो । विरगंजका स्थानिय पत्रकार श्याम बन्जाराले सामाजिक संजालमा समातिएको गाडी पोष्ट गर्दै अब के कारवाही हुन्छ भनेर प्रश्न तेस्र्याएका छन् । 

प्रतिक्रिया दिनुहोस