काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण गोप्य राख्न आग्रह गरेको छ ।
बुधबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो आग्रह गरेका हुन् ।जनस्वास्थ्यका दृष्टिले सार्वजनिक नगरी नहुने विवरण मन्त्रालयले सार्वजनिक गरेको पनि प्रवक्ता देवकोटाले उल्लेख गरे ।
‘विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशनमा आएको छ,’ डा. देवकोटाले भने, ‘बिरामीको अनुमतिबिना यस्तो विवरण प्रकाशन/प्रसारण गर्न पाइँदैन ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्रालयले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको नि:शुल्क मुटुको उपचार गर्ने
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
स्वास्थ्य मन्त्रालयले सोध्यो डा क्षेत्रीलाई स्पष्टीकरण
सुरुमै औषधी सेवन गरे हात्तीपाइले रोगबाट बच्न सकिन्छ : स्वास्थ्य मन्त्रालय
जलनको निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिइन्छ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य मन्त्रालयमा आवश्यक स्वास्थ्य जनशक्ति थप्ने बाटो खुल्यो