आगोसँग नखेल्न अमेरिकालाई रुसको चेतावनी

एजेन्सी

मंगलबार, ०८ फागुन २०७४, ०७ : १२
आगोसँग नखेल्न अमेरिकालाई रुसको चेतावनी

रुसका विदेश मन्त्री सेर्गी लम्रोभले ट्रम्प प्रशासनलाई आगोसँग नखेल्न भन्दै चेतावनी दिएका छन् ।  सिरियामा दर्जनौँ रुसी सेना मारिएको भन्ने अमेरिकी दाबीको प्रतिक्रियामा उनले यस्तो बयान दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

अमेरिकाले सिरियालाई नष्ट गर्ने खतरनाक खेल बन्द गर्नुपर्ने बताउँदै लाभ्रोभले सोमबारको सम्मेलनमा अमेरिकी प्रशासनको आलोचना गरेका हुन् ।  सो बैठकमा इरानका विदेश मन्त्री र सिरियाली राष्ट्रपति बसर अल अस्सदका वरिष्ठ सल्लाहकार पनि उपस्थित रहेको बताइएको छ ।

गत फेब्रुअरी ७ मा अमेरिकाको हवाइ हमलाबाट २०० भन्दा बढी रुसी सेना मारिएको खबर बाहिरिएसँगै रुस र अमेरिकाबीच तनाव उत्पन्न भएको थियो ।
यसबारेमा अमेरिकाले घटनाको व्याख्या गरिसकेपनि रुसले भने खबरलाई अस्वीकार गर्दै आएको छ ।  सातवर्षको युद्धपछि अस्सदले सिरियाको अधिक भागमा नियन्त्रण पाएका छन् । तर अमेरिका र रुसी सेनाको सामनापछि सिरियाली भूमिमा पुनः लडाई सुरु हुन सक्ने बताउँदै लेभ्रोभले चिन्ता व्यक्त गरेको बताइएको छ ।

युद्ध निम्त्याउने उद्देश्यले अमेरिकाले रुसी र अमेरिकी सेनाबारे बिना कुनै प्रमाण सो खबर फैलाइरहेको भन्दै लेभ्रोभले अमेरिकामाथि गम्भीर आरोप लगाएका हुन् ।

गतसाता रोयटर्सले सार्वजनिक गरेको जानकारीमा पनि रुसका निजी सैन्य फर्मका ३०० भन्दा बढी सेना सिरियामा घाइते भएको अथवा मारिएको बताएको थियो ।
तर रुसले अहिलेसम्म कुनैपनि मृत्युको जिम्मा लिएको छैन र यसबारे थप खुलासा पनि गरेको छैन ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस