काठमाडौं । लकडाउनको समयमा कोही बिरामी परे तत्काल ११८० मा फोन गरे एम्बुलेन्सले अस्पताल पु¥याउनेछ । काठमाडौं महानगरपालिकाले अस्पताल जान आउन परेको कठिनाइलाई सहज बनाउन काठमाडौं एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
लकडाउनको कारण अधिकांश बिरामी घण्टांैसम्म हिँडेर अस्पताल आउनुपर्ने बाध्यता अन्त्य गर्न कामपाले एम्बुलेन्स सेवा शुरू गरेको हो । यो सेवा लकडाउन अवधिसम्म हुनेछ । एम्बुलेन्स व्यवस्थापनको गरेबापत केही खर्च कामपाले गर्नेछ ।
त्यसका लागि महानगरले संयुक्त एम्बुलेन्स चालक संघ काठमाडौं जिल्ला कार्यसमितिसँगको सहकार्यमा मंगलबारबाट सेवा सञ्चालन गरेको हो । तत्काल एम्बुलेन्स सेवा दिन चाबहिल र बौद्ध क्षेत्रका लागि बा६च ९१००, बालाजु बा३च ८४१३, स्वयम्भू बा१२च २३६०, लाजिम्पाट बा६च २८२ र एयरपोर्ट कोटेश्वर क्षेत्रमा ना२च ४१२० नम्बरका गरी ५ वटा एम्बुलेन्स राखिएका छन् । ती एम्बुलेन्सले २४सै घण्टा सेवा दिने कामपाले जनाएको छ ।
कामपाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनको समयमा बिरामी परेकालाई सेवा दिन कामपाले आपत्कालीन एम्बुलेन्स सेवा सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आपत्को अवस्थामा तत्काल सहयोग गर्न एम्बुलेन्स सेवा सञ्चालन गरेका हौं । कामपाले सेवाग्राहीको फोन आएपछि जुन एम्बुलेन्सले बिरामीलाई छिटो सेवा दिन सक्छ, त्यही क्षेत्रमा परिचालन गर्ने योजना बनाएको जनाएको छ ।’ नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ बैशाख २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र
धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत
९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्
सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा