प्रदेश ४ को माओवादी केन्द्रमा असन्तुष्टि

सोमबार, ०७ फागुन २०७४, १७ : ०१
प्रदेश ४ को माओवादी केन्द्रमा असन्तुष्टि

प्रदेश ४ मा मन्त्री परिषद विस्तारसँगै माओवादी केन्द्रमा असन्तुष्टि पनि देखिएको छ । चर्चामा रहेका रामजी वराल र दिपक कोइराला मन्त्रीमण्डलमा पर्न नसकेसँगै असन्तुष्टि बढेको हो ।
संसदीय निर्णय विपरित मन्त्रीका लागि सिफारिस भएको भन्दै संसदीय दलका उपनेता रामजी वराल असन्तुष्ट देखिएका छन् । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य रहेका वराल माओवादीबाट मन्त्री बन्नेको सुचीमा थिए । थप छलफलको माग गदागर्दै मन्त्रीको नाम पठाइएको उनले वताए । संवादहिनताले आन्तरिक लोकतन्त्र र जनवादको अभ्यास कमजोर भएको वरालले वताए ।

गत शुक्रवार मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङसँगै एमालेका रामशरण वस्नेतले उद्योग मन्त्रीमा सपथ लिएका थिए । माओवादी केन्द्रले नाम दिन नसकेपछि दुई सदस्यीय मन्त्री मण्डल गठन गरिएको थियो । माओवादीमा मन्त्रीका आकांक्षी बढेसँगै विहिवार राति अवेरसम्म र शुक्रवार विहान वसेको नेताहरुको वैठकले निष्कर्ष निकाल्न सकेको  थिएन ।
शुक्रवार साँझ  आकस्मिक रुपमा माओवादी केन्द्रका दुई नेतालाई सपथ गराइएको थियो । प्रदेश ४ मा माओवादी केन्द्रका संसदीय दलका नेता हरि वहादुर चुमानले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाएका थिए भने लेख वहादुर थापाले भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रीका रुपमा सपथ लिएका थिए ।
वरालले कास्की ३ को क बाट निर्वाचन जितेका थिए भने कोइरालाले कास्की १ को क बाट विजयी भएका थिए । विजयी दुइ नेताले कास्कीले पनि मन्त्रीमण्डलमा प्रतिनीधित्व गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । माओवादी केन्द्रबाट पर्वतका नेत्रनाथ अधिकारी सभामुख भएका छन् भने तनँहु र गोरखाकाबाट १÷१ जना मन्त्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस