इराकमा बम आक्रमणमा छ जना मारिए

सोमबार, ०७ फागुन २०७४, १६ : ५७
इराकमा बम आक्रमणमा छ जना मारिए

बग्दाद । इराकको पूर्वी प्रान्त दियालामा आइतबार एक बम विस्फोट भएको छ । यस विस्फोटमा परी कम्तीमा छ व्यक्ति घाइते भएका छन् ।

विस्फोटमा संलग्न अपराधी समूहका प्रमुखलाई प्रहरीले पक्राउ गरेको सुरक्षा स्रोतले जनकारी दिएको छ । पूर्वी बग्दादको मेसालोन स्क्वायरनजिकै आइतबार साँझ यो विस्फोट भएको थियो । यस विस्फोटमा परी छ व्यक्ति घाइते हुनुको साथै नजिकै रहेका भवन र पसलहरु क्षतिग्रस्त भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी इराकी सुरक्षाबलले गुप्तचर निकायले दिएको एक अर्को जानकारीअनुसार अपराधिक कार्यमा लागेको एक समूह लुकेर बसेको स्थानमा यहाँको सुरक्षा निकायले कारबाही गरेको छ ।

सो कारबाहीको क्रममा सो समूहका कमाण्डरसहितका केही आक्रमणकारी पक्राउ परेका छन् । पक्राउ परेका ती कमाण्डर उक्त क्षेत्रमा अपहरण, हत्या र बलात्कारलगायतका ३८ वटा घटनामा सहभागीता रहेको बताइएको छ ।(रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस