प्रदेश दुईमा राजधानीको विषयमा भोली वार्ता हुदै

सोमबार, ०७ फागुन २०७४, १४ : ३३
प्रदेश दुईमा राजधानीको विषयमा भोली वार्ता हुदै

जनकपुरधाम । विरगञ्जलाई प्रदेश २ राजधानी बनाउनुपर्ने माग गर्दै आएका विरगञ्जका आन्दोलनकारीलाई प्रदेश सरकारले वार्तामा बोलाएको छ ।
भोलि बिहान ८ बजेका लागि प्रदेश सरकार र संघर्ष समितिका पदाधिकारीहरुबीच वार्ता समय निश्चित भएको छ ।
प्रदेश राजधानीको माग गर्दै संघर्ष समिति नै बनाएर वीरगञ्जमा लगातार आन्दोलन भइरहेको छ ।
भौतिक पूर्वधार विकासमन्त्री जितेन्द्र सोनललाई वार्ताको जिम्मेवारी दिइएको छ ।  
सरकारले प्रदेशको अस्थायी राजधानी जनकपुरलाई तोकेको छ ।

प्रतिक्रिया दिनुहोस