काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्रमा सुधारका लागि विज्ञहरुसंग छलफल गरेका छन् । नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत विहिवार विज्ञहरुसंग छलफल गरेका हुन् । छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु डा गोविन्द पोखरेल, डा स्वर्णिम वाग्ले, प्रो डा इन्जिनियर कमल रिजाल, डा सुरज पोखरेल, डा सिद्धिगणेश श्रेष्ठ, डा माधवप्रसाद पौडेल, डा प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाँई सहभागि थिए । उनीहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताएका थिए । छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको थियो । विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने बताएका थिए । छलफलमा सहभागि डा स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई राहत दिनुपर्ने कृषि क्षेत्रले दिनसक्ने आउटपुटका आधारमा विषेश प्याकेजको घोषणा गर्नुपर्ने बताएका थिए ।
छलफलमा वरिष्ठ नेता पौडेलले आजको युग अनुसारको प्रविधीको प्रयोग कृषिमा कसरी गर्न सकिन्छ भन्ने सुझाव विज्ञहरु मागेका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल
चालु आवमा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण
नेपालको अर्थतन्त्रमा पुनः उत्थानको प्रारम्भिक संकेत : आईएमएफ
शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो: अर्थमन्त्री पौडेल
राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा.भट्टराई
अर्थतन्त्र सुधारका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन