- प्रवीणकुमार दत्त
भविष्यमा म पत्रकार हुन्छु र पत्रकारिता गर्छु भन्ने रहर न त विद्यालयकालमा थियो न त क्याम्पस अध्ययन गर्दा सम्मै । तर जानिदो नजानिदो तवरले कसरी यो पेशामा अंगालिन पुगे । म आफैे अहिले सम्म बुभ्mन सकिन । तर जिन्दगीको यात्रामा अनेकौ गोरेटोका कारण सोचिएको लक्ष्य र बनाईएको योजना पनि कहिले काही फेल खान्छ । मेरा योजना र लक्ष्य पनि त्यसै अनुरुप भयो कि भन्ने मलाई लाग्छ । आफुले देखेको सपना र जिन्दगीको लक्ष्य पुरा गर्न सकिन तर जानिदो नजानिदो बडो रोमाञ्चकारी र खतरनाक पेशा जो राज्य र नागरिक संग प्रत्यक्ष जोडिने गर्छ, त्यसमै विगत १४ वर्ष देखि रमाउदैं आएको छु । यो १४ वर्षको दौरान दश वर्षे जनयुद्ध, ०६२/६३ को विशाल जनआन्दोलन, विस्तृत शान्ति सम्झौता, गणतन्त्र, धर्म निरपेक्ष राष्ट्र लगायत विभिन्न कालखण्ड नजिकबाट अनुभति गर्न पाए । अनुभुति मात्र हैन कि यो विषमा जनतालाई सुसुचित गर्ने अवसरलाई पनि आफ्नो कर्तव्यसँग जोडेर पुरा गरे जस्तो लाग्छ ।
यि त भए केही मिठा नमिठा अनुभुति । अब कुरा गरौं । अहिलेको यो विषयम परिस्थिती कोरोना नामक परजिवीको त्रास । जसले विश्वका ठुला ठुला राष्ट्रलाई अहिले आक्रान्त बनाएको छ । यो संग लड्न कोहीसँग केही अन्त्र नभए जस्तो । पृथ्वीमा ८७ लाख प्राणी मध्ये अहिले मानवको अस्तित्वमा नै संकट परेजस्तो । यसको अचुक वाण नै कसैसंग नभए जस्तो । आफुलाई महाशक्तिशाली भन्ने राष्ट्र जस्ले यो ब्रम्हाण्डमै परमाणु अस्त्रको सहायताले राज गर्छु, र प्रविधिको सहयोगले सबै समस्याको निवारण गर्न सक्छु भन्ने ति राष्ट्रले अहिले मानव जातिको अस्तित्व बचाउन गरिरहेको पहल । वास्तवमा यो परजिविसंग लड्न कहिले नसुनिएको शब्द लकडाउन, सेल्फ क्वारेन्टाईन, आईसोलेसनसंग म पनि जुधिरहेको छु । पेशाले पत्रकार भएका कारण फिल्डमा गएर रिर्पोटिंग गर्नुपर्ने हो तर अहिले मेरा कर्मघर कार्यालय नभएर निवास भएको छ ।
निवासबाटै कार्यालयको लागि गर्ने नियमित कार्य बिहानै उठेर त्यही समाचार सम्पादनमा लाग्छु । र १ बजे सम्म गर्छु । त्यसपछिको दिनचर्या भने बडो उराठलाग्दो बन्छ भन्दा साथी, सहकर्मीहरुलाई अलि नरमाईलो लाग्ला तर बाध्यतासंगै उपाय नभएपछि त्यसपछिका समय टेलिभिजन, रेडियो, अनलाईन र युटयूब सहारामा बित्ने गर्छ । अहिले राज्यले गरेको अनुरोध कही कसैको लागि नभई आफ्नै लागि भएकाले पनि बाहिर निस्कन मन लाग्न छोडेको छ । उही बेलुका एकछिन तरकारी, खाद्यान्न किनमेलमा निस्किएपनि त्यो भन्दा बाहिरको घेरामा पुग्न सकेकोै छैन । साथीभाईसंग जोडिने र गफिने माध्यम बनेको छ, ईन्टरनेट र सामाजिक संजाल ।
कहिलेकाही सोच्छु, अहिलेको यो विषम परिस्थिीतिमा इन्टरनेट र सामाजिक संजाल नभए के हुन्थ्यो, कसरी समय कट्थ्यो भन्ने पनि लाग्छ । तर जे होस, रोग छ, औषधी छैन, निर्मुल पार्न स्यवं सावधानी अपनाउनुपर्ने हुन्छ । त्यही भएर पनि होला, हात धुने, स्यानिटाईजर प्रयोग गर्ने तर्फ अलि बढी केन्द्रित हुन पुगेको छ । सायद, यो लेखिरहदा कतिपय साथीहरु यही क्रियाकलापमा पनि व्यस्त रहनुभएको होला, अन्त्यमा स्वास्थ्य भन्दा अरु केही ठुलो नभएकाले कोरोना नामक परिजिवीलाई निर्मुल पार्ने अस्त्र घरमै बस्न नै सबैलाई आग्रह गर्न चाहन्छु ।
जय कोरोना ।।।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट