एमाले सांसदले राजिनामा दिए

सोमबार, ०७ फागुन २०७४, १३ : ३८
एमाले सांसदले राजिनामा दिए

काठमाडौं । नेकपा एमालेका तर्फबाट  ६ नं. प्रदेश मुगुको प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद चन्द्रबहादुर शाहीले प्रदेश समितिले जथाभावी निर्णय गरेको भन्दै सांसद पदबाट राजीनामा दिएका छन् ।

एमालेले आफ्ना पुराना कार्यकर्ताहरुलाई वाइपास गरेर ठेकेदार,एनजीओकर्मी र राप्रपाबाट आएका तर हैसियत नभएकालाई मन्त्री बनाएको र उक्त निर्णय मन नपरेकाले राजीनामा दिएको शाहिले बताए ।

उनले संसदीय दलका नेता यमलाल कँडेलले आफुखुशी मन्त्री नियुक्ति गरेको आरोप लगाए ।

शाही मुगु जिल्ला नेकपा एमालेको तर्फबाट प्रदेश सभा ख बाट ६ हजार ८ सय ४५ मत ल्याएर विजयी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस