दुई वडाध्यक्षको मृत्यु

सोमबार, ०७ फागुन २०७४, १३ : ०६
दुई  वडाध्यक्षको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आइतबार साँझ सवारी दुर्घटना हुँदा खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेत र सोही नगरपालिका वडा नं ४ का वडाध्यक्ष  ४५ वर्षीय नरेन्द्र अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा परी सोही नगरपालिका वडा नं १२ निवासी नगरपालिकाका गाडी चालक २८ वर्षीय राजकुमार अधिकारी गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट रत्ननगरतर्फ आउँदै गरेको ना ३ च ९८४० नं को तरकारी बोकेको पिकअप भ्यानले टाँडीबजारबाट पूर्वतर्फ जाँदै गरेको खैरेनी नगरपालिकाको बा २ झ १३४४ नंको सरकारी गाडीलाई ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहोस