काठमाडौं । संघीय संसदको पाँचौ अधिवेशन गएरातिबाट अन्त्य भएको छ । गत पुष ४ गते सुरु भएको संसदको पाँचौ अधिवेशनमा जम्मा ५१ वटा बैठक बसेका छन् । जसमा प्रतिनिधिसभा अन्तर्गत २५ र राष्ट्रिय सभा अन्र्तगत २६ वटा बैठक बसेका छन् ।
संसद चलेको यो ९२ दिनको अवधिमा प्रतिनिधि सभामा ६ र राष्ट्रिय सभामा ११ वटा गरी जम्मा १७ वटा विधेयक दर्ता भएका थिए ।
जसमध्ये दुवै सदनबाट पारित भई प्रमाणिकरणयोग्य भएका चार मात्र छन् । संघीय संसदमा विचराधिन विधेयक ३८ वटा रहेका छन् । जसमध्ये प्रतिधिसभाका समितिमा २६ र राष्ट्रिय सभाका समितिमा १२ वटा छन् ।
त्यस्तै विभिन्न सन्देश टेवल हुन पनि प्रतिनिधि र राष्ट्रियसभामा २÷२ वटा गरी ४ वटा बाँकी छन् ।
त्यस्तै संसद चलेको यो अवधिमा राष्ट्रिय सभामा दर्ता भएको अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धी अन्तरगतको पार्लेमो अभिसन्धी दुवै सदनबाट पारित भएको छ ।
त्यसैगरी अन्त्य भएको यो अधिवेसनमा प्रतिनिधि सभातर्फ दुईवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव र राष्ट्रियसभातर्फ २ वटा संकल्प प्रस्तावमा छलफल भएको छ ।
त्यसैगरी अधिवेसनमा प्रतिनिधिसभातर्फ प्रश्नोत्तरमा मौखिक प्रश्न १०९ र लिखित २ गरी १११ वटा प्रश्न दर्ता भएकोमा प्रतिनिधिसभामा विभिन्न ५ वटा प्रश्नकै जवाफ सम्बन्धित मन्त्रीले दिएको संसद सचिवालयले जनाएको छ ।
कतिपय प्रश्नको उत्तर प्राप्त भएपनि सदनमा प्रस्तुत गर्र्न बाँकी लिखित उत्तर टेवल भैसकेका छन् ।
अधिवशन सरकारको सिफारिसमा सोमबार रातिबाट अन्त्य भएको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
संङघीय संसदका दुइ समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
शिक्षासहित पाँचवटा समितिको बैठक बस्दै
कृषिसहित चारवटा समितिको बैठक बस्दै