काठमाडौं । अस्पतालको फ्रन्टलाइनमा बिरामी जाँच्ने चिकित्सकहरु सर्वाधिक असुरक्षामा छन् । भाइरसको संक्रमणबाट सुरक्षित राख्ने पोसाक छैन । रेनकोट लगाएर बिरामी जाँचिरहेका छन् ।
व्यक्रिगत सुरक्षा सामग्री उपलब्ध नगराएपछि यसरी काम गरिरहेको अनुगमनमा पाएको खबर आजको कान्तिपुर दैनिकमा खबर छ ।
चिकित्सकहले सुरक्षात्मक सामग्रीबिनै काम गर्नुपरेको गुनासा बढेपछि नेपाल चिकित्सक संघले अनुगमन गरेको थियो । संघले राजधानी र बाहिरका अस्पतालको अनुगमन गर्दा यस्तो पाइएको हो ।
प्रतिक्रिया दिनुहोस