सरकारको घोषणा : लकडाउन अवधिमा इन्टरनेटमा छुट कार्यान्वयन भएन

आइतबार, २३ चैत्र २०७६, ०८ : १५
सरकारको घोषणा : लकडाउन अवधिमा  इन्टरनेटमा छुट कार्यान्वयन भएन

काठमाडौं । सरकारले लकडाउन अवधिका लागि इन्टरनेटमा २५ प्रतिशत छुट दिन सेवा प्रदायकलाई निर्देशन दिएपनि कार्यान्वयन भएको छैन । 

चैत १६ मा बसेको मन्त्रिपरिषद् बैठकले सेवा प्रदायकलाई लकडाउन अवधिका लागि इन्टरनेट २५ प्रतिशत छुट दिन निर्देशन दिएको थियो । 

मन्त्रिपरिषद्को निर्णयअनुसर नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई पत्र लेखी छुट दिन निर्देशन दिइसकेको छ । तर इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईस्पानले सरकारलाई पत्र लेख्दै छुट व्यवस्था कार्यान्वयन गर्न नसक्ने जनाएको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस