बुटवलस्थित पाँच नम्बर प्रदेशसभा भवन । उपसभामुख चयन कार्यतालिका बमोजिम आईतबार प्रदेशसभामा निर्वाचन हुँदै थियो ।
प्रदेशसभा बैठक कक्षको पछिल्लो पंक्तिमा थिइन्, उपसभामुख पदकी उम्मेदवरा कृष्णी थारु । संयुक्त वाम गठबन्धनकी साझा उम्मेदवार कृष्णीविरुद्ध कांग्रेसकी रिना विश्वकर्मा चुनावी प्रतिस्पर्धामा थिईन् ।
निर्वाचनपछि सभामुख पुर्ण घर्तीले परिणाम घोषा गरे, बहुमत प्राप्त गर्दै कृष्णी थारु उपसभामुखमा निर्वाचित हुनुभएको छ । बर्दिया राजापुरकी कृष्णीका लागि यो घोषणा निकै अपत्यारिलो बन्यो ।
बर्षौ कमलरी दासताले पिल्सिएकी उनका लागि यति ठुलो पदीय हैसियतको निर्णय अप्रत्यासित लाग्नु स्वभाविकै थियो । अपत्यारिलो जस्तो महसुस भयो, उनले भनिन् कहाँको म कुन स्थानमा पुगे, भनेर आफै अचम्मित भएँ ।, आजको नागरिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०७ फागुन २०७४, ०६ : ५१
लेखकबाट थप