काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार प्रधानमन्त्री निवास बालुवारमा भेटवार्ता भएको छ ।
भेटका क्रममा चीनबाट खरिद गरिएको स्वास्थ उपकरण र औषधीका बारेमा मिडियामा आएको चर्चाको विषयमा छलफल हुनुका साथै कोरोना संक्रमणमा सरकारले गर्नुपर्ने कामबारबाहीको विषयमा छलफल भएको थियो ।
यस्तै दार्चुला लगायत भारतीय सीमामा अलपत्र परेका नेपालीहरुको समस्या तथा लकडाउनका कारण किसान, मजदुर र विपन्न वर्गको राहत र व्यवस्थापनको विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ चैत्र २०७६, १९ : ०६
लेखकबाट थप