मन्त्रालयको कार्ययोजना माग

आइतबार, ०६ फागुन २०७४, १६ : ०६
मन्त्रालयको कार्ययोजना माग

सुर्खेत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मातहतका मन्त्रालय सचिवलाई एक महिनाभित्र मन्त्रालयको कार्ययोजना निर्माण गर्न निर्देशन दिनुभएको छ ।
वीरेन्द्रनगरमा आज आयोजित कार्यक्रममा कर्मचारीलाई सकारात्मक सोचका साथ सेवाग्राहीको सन्तुष्टिलाई नै प्रमुख ध्यान दिएर काम गर्न आग्रह गर्नुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस