क्यान्सर प्रभावित रोशनको उपचारमा सहयोग

आइतबार, ०६ फागुन २०७४, १४ : १४
क्यान्सर प्रभावित रोशनको उपचारमा  सहयोग

भरतपुर । विपी मेमोरियल क्यान्सर अस्पतालमा उपचारत दार्चुला नौगाड गाउँपालिका–६ का ४ वर्षीय रोशन सिंह धामीको उपचारका लागि सामथ्र्य नेपाल चितवनल आर्थिक सहयोग संकलन गरेको छ ।
संकलित १ लाख रुपैयाँ आर्थिक सहयोग रोशनकी आमा कलावतीलाई हस्तान्तरण गरिएको छ ।
रोशन धामी बचाउँ अभियाननै चलाएर सामथ्र्य नेपालले सहयोग संकलन गरेको थियो । सामाजिक सञ्जाल मार्फत उपचारमा सहयोग गराउन गरिएको अपिल अनुसार ६१ जनाले स्वदेश तथा विदेश मार्फत आर्थिक सहयोग गरेका थिए । सहयोग रकम भरतपुर–४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।
विपन्न परिवारमा हुर्किएका रोशनको क्यान्सर उपचार गराउन उनका अभिभावक निकै समस्यामा परेका थिए । रोशनको घाँटीको दुवै भागमा ग्रन्थीको क्यान्सर भएको छ । १५ हजार ऋण खोजेर उपचार गर्न चितवन झरेका रोशनका बुबा रामसिंह र आमा कलावती महंगो खर्च गर्नुपर्ने अवस्था आएपछि निकै चिन्तित बनेका थिए ।

रोशनको उपचार सहयोग जुटाउन विभिन्न सामाजिक संघसंस्थाले सक्रियता देखाएका छन् । सामथ्र्य नेपालले सहयोग जुटाउने दातालाई सम्मानित गर्दै सहयोग संकलन अभियानलाई सक्रिय बनाउन आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस