एजेन्सी । इटालियन सिरि ‘ए’ महारथि युभेन्ट्सका खेलाडीले आफ्नो चार महिनाको तलब छाड्न सहमत भएका छन् । कोरोना भाइरसको महामारीले फुटबल गतिविधि ठप्प भएको अवस्थााको क्लबको आर्थिक भारलाई मध्यनजरगरी खेलाडीले तलब छाड्न सहमत भएको युभेन्ट्सले विज्ञप्ती मार्फत जनाएको छ ।
क्लबले राखेको प्रस्तावलाई पोर्चुगिज स्टार क्रिस्टीयानो रोनाल्डो सहितको खेलाडीहरुले स्वीकार गरेका छन् । खेलाडीले मार्च, अप्रिल, मे र जुन मिहनाको तलब लिने छैनन् । यसले गर्दा कोरोनाले संकटमा पुर्याएको क्लबलाई केही आर्थिक सहयोग भएको छ । खेलाडी सहित प्रशिक्षक मौरिसियो सारीले पनि तलब छाड्न सहमत भएका छन् । खेलाडी र प्रशिक्षकले चार महिनाको तलब छाड्दा युभेन्ट्सलाई ९० मिलियन युरो राहत मिलेको छ । खेलाडी र क्लबको सहमतिसँगै रोनाल्डोले मात्रै करिव १० मिलियन युरो गुमाउने छन् ।
युरोपमा महामारीको रुप लिएको कोरोनाको संक्रमण सबैभन्दा बढी इटालीमा फैलिएको छ । कोरोनाका कारण अप्रिल ३ तारिखसम्म इटालीमा फुटबल सहित सबै खाले खेल गतिविधि स्थगित गरिएको छ । साविक विजेता युभेन्ट्स अहिले पनि लिगको शीर्ष स्थानमा छ । युभेन्ट्सले २६ खेलबाट ६३ अंक बनाएको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको लाजियोभन्दा एक अंकले अगाडी छ । लाजियोले ६२ अंक बनाएको छ ।
फुटबल र लिग रोकिँदा सबैभन्दा बढी संकट क्लबलाई परेको भन्दै युरोपका अन्य देशका ठूला क्लबले पनि खेलाडीको तलब कटौती गर्ने निर्णय गरिसकेका छन् । स्पेनिस क्लब बार्सिलोनाले खेलाडीको तलब ७० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको छ । यसैगरी एथलेटिको म्याड्रिड, जर्मन क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमन्डले पनि खेलाडीको तलबमा यसअघिनै कटौती गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
खेलाडी बोकेर पोखरा विमानस्थलमा उत्रियो चिनियाँ चार्टर विमान
थप दुई क्रिकेट खेलाडीले तलब पाउने
एनपीएलको अक्सनमा १४२ खेलाडी
चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध
इंग्ल्यान्डका तीन खेलाडीले लिए राष्ट्रिय टोलीबाट नाम फिर्ता
नवौं वादोरियो कराते प्रतियोगिताका लागि जापान जाने टोलीलाई प्रचण्डले गरे बिदाइ