चितवन । कोरोना भाइरसको संक्रमणले संसारभरि महामारीको रुप लिइरहदा यसको रोकथामको प्रयास पनि शुरु भएको छ । कोभिड–१९को संक्रमण हुन नदिन सबैले सतर्कता अपनाईरहदा भरतपुर महानगरले सरसफाईमा विशेष ध्यान दिन थालेको छ ।
महानगरको अगुवाईमा ३ दिन अघिबाट अति संवेदनशिल स्थानहरु अस्थायी कोरोना अस्पताल, भरतपुर अस्पताल, एम्बुलेन्स लगायतमा सोडियम क्लोराईड मिसाएर ब्लिच गरेको पानी छर्किदै आएपनि आजबाट नारायणगढको विभिन्न स्थानमा पनि छर्किन थालेको छ ।
महानगरपालिकाका इन्जिनियर बिराट घिमिरले दिएको जानकारी अनुसार टंयाकरमा उक्त ब्लिच गरको पानी राखेर नारायणगढको लायन्स चौक, शहीद चौक देखि पुल्चौक सम्म छर्किएको बताए ।
‘सोडियम क्लोराईड मिसाएर तयार गरेको पानी छर्किनाले किटाणुको संक्रमण बढ्न पाउदैंन’–उनले भने,‘त्यसैले नारायणढको अति फोहोर र दुर्गन्धित भएको स्थानहरु हेरेर आजबाट छर्किन थालेको हो ।’ बजार बन्द भएपनि फोहोरहरु सडकमा फालिनाले त्यो उठाउनुका साथै जिवाणुको संक्रमण बढ्न नदिन यो सतर्कता महानगरले अपनाएको हो । महानगरले यो ब्लिच गरेको पानी नारायणगढसंगै भरतपुरका विभिन्न क्षेत्रमा छर्किने जनाएको छ ।
कोरोनाको संक्रमण अहिले सम्म चितवनमा नदेखिएपनि भित्रिन नदिन उच्च सतर्कता अपनाईएको हो । देशभरिकै केन्द्र भागमा रहेको चितवन सरुवा रोगको केन्द्रविन्दु रहदैं आएको छ । त्यसैले पनि महानगरले कोरोनासंगै अन्य रोग भित्रन नदिन सरोकारवालासंग सहकार्य गर्दै सरसफाईमा विशेष ध्यान दिदैं तथा मानिसहरुको भिडभाड हुन नदिन सतर्कता अपनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०७६, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकाको वार्षिक समिक्षा सकियो
गौतमबुद्ध क्रिकेट रंगशालामा भरतपुर महानगर र निर्माण कम्पनीको संयुक्त सर्भे
सिमलताल पहिरो : विकका परिवारलाई दुई लाख सहयोग, हालसम्म २० शव फेला
भरतपुर महानगरले दियो ५४ सङ्घ संस्थालाई कृषि सामग्री
भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट (पूर्णपाठसहित)
बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर