काठमाडौ । नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमित भेटिएको भन्ने हल्ला फैलिएपछि नर्भिक अस्पतालले यसको खण्डन गरेको छ ।
‘शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको प्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सवै निकाय एक जुट भै समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरे ।
‘फेक न्यूज’ प्रति खेद प्रकट गर्दै उनले यसखाले अपराधपूर्ण अफवाहको कडा निन्दा समेत गरेका छन् ।
उनले भने, ‘हालसम्म नर्भिकमा कोभिड–१९ का कुनैपनि विरामी पत्ता लागेका छैनन्, यसमा हामी सवै निश्चिन्त र प्रष्ट हुनुपर्छ । तसर्थ, त्यस समाचारमा कुनै पनि सत्यता नभएको हामी प्रष्ट पार्दछौं ।’
अस्पतालले भ्रम फैलाउनेप्रति कडा कारबाहीको माग समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ चैत्र २०७६, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु